• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
एमालेले अनि अघि सार्‍यो ‘ओली ब्रान्ड’
64x64
राजनीतिक ब्यूरो शुक्रबार, भदौ १७, २०७९  १३:५८
1140x725

काठमाडौं– नेकपा एमालले किन निर्वाचनअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो? यसबारे महासचिव शंकर पोखरेलले भूमिकासहितको भनाइबाट सुरु गर्दा केही संकेत मिल्छन्। जुन यस्तो छ:

पुस ५ (२०७७) गते नेकपालाई विभाजनबाट रोक्न सकिन्छ कि भनेर प्रचण्ड निवास खुमलटार पुगें। त्यहाँ मैले भने- त्यसोभए छिटो चुनावमा जाऔँ। एक कार्यकाल ओली र अर्को नयाँ कार्यकाल प्रचण्ड भनौँ। ओलीकै नेतृत्वमा चुनाव जाऔँ। छिटो जाऔँ।

पोखरेलका अनुसार प्रचण्डको प्रतिउत्तर थियो,  ‘केपी ओली अलोकप्रिय भइसक्नुभयो। उहाँको नेतृत्वमा चुनावमा जान सकिँदैन।’

आफूले प्रचण्डहरूभन्दा ओली नै लोकप्रिय रहेको भन्दा उनी मान्न तयार नभएको पोखरेलको भनाइ छ। उनी थप्छन्,  ‘लोकप्रियलाई घेराबन्दीमा पारेर हटाइयो। फेरि जनताले ल्याउँछन्। घेराबन्दी गर्नेलाई जनअदालतले दण्डित गर्छ।’

एमाले भनेकै ओली जस्तो अवस्था रहेका बेला पार्टीले बहुमत ल्याउँदा अरु कसैले चुनौती दिने सम्भावना देखिँदैन। दिए पनि सौराह प्रकरणका भीम रावलको अर्को संस्करण बन्ने निश्चितप्रायः छ।

एमालेले बहुमत ल्याउने सुनिश्चित छैन, तर बहुमत आए ओली नै प्रधानमन्त्रीका रुपमा अघि सारिने सुनिश्चित थियो। यस्तो अवस्थामा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जानुलाई रणनीतिक रुपमा हेरिएको छ। एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख विष्णु रिजाल भन्छन्,  ‘हामीसँग भएको भएको सबैभन्दा मूल्यवान् सम्पत्तिलाई नेपाली जनताका सामु समर्पण गरेका हौं।’

279808256_377818030944421_3343648885156259987_n1662106043.jpg

ओलीलाई अघि सार्नुका एक नभइ अनेक कारण रहेको उनी बताउँछन्। रिजालले औपचारिक रुपमा प्रस्तुत गर्ने ६ वटा बुँदा छन्। ‘समृद्धिका स्वप्नद्रष्टा, राष्ट्रिय स्वभिमानको प्रवर्तक, वैदेशिक सम्बन्ध सेतु, अन्तर्राष्ट्रिय मञ्चमा अग्लो व्‍यक्तित्व, इतिहासको व्याख्याताका साथै निर्माता र त्याग, योगदान र निरन्तरताका कारण ओलीलाई अघि सारिएको हो,’ एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए।

Ncell 2
Ncell 2

यो कथ्य, त्यो तथ्य
प्रष्टवक्ता रिजालले प्रस्तुत गरेका यी कथ्य कारण हुन्। तर,  ओलीलाई अघि सार्नुको राजनीतिक रणनीति भने अरु नै रहेको एमाले नेताहरू नै बताउँछन्। एक एमाले नेताका अनुसार पार्टी अर्थात् एमाले  गठबन्धनका पाँच दलसँग एक्लो देखिन्छ। यसदृष्टिले ‘एक्लो एमाले’ कमजोर पनि देखिन सक्छ। तर ओली अघि सार्दा तुलना पाँच दलकै शीर्ष नेताहरूसँग हुन्छ र त्यस्तो अवस्थामा ‌ओली नै भारी पर्ने देखिन्छ। 

उनले हालसालै गरिएको एउटा रिसर्चले समेत ओली लोकप्रिय रहेको प्रमाणित गरेको बताए। तर उनले उक्त रिसर्च उल्लेख गरेनन्। हालसालै गरिएका त्यस्ता रिसर्चहरूबारे नेपाल लाइभले खोज्दै जाँदा ‘मिडिया आउटलेट’ नामक एउटा संस्थाले काठमाडौंका केही स्थानलाई केन्द्र बनाएर १०७९ जनामा गरिएको रिसर्च प्राप्त गरेको छ। जुन केही एमाले नेताकहाँ समेत पुगेको देखिन्छ।

उक्त रिसर्चमा प्रश्न गरिएको छ- ‘पाँच जना भूतपूर्व प्रधानमन्त्रीमध्ये को राम्रो मान्नुहुन्छ?’ एमाले अध्यक्ष ओलीलाई राम्रो मान्ने ४१ प्रतिशत देखिएका छन् अर्थात् १०७९ जनामा ओलीलाई राम्रो मान्ने ४४५ जना रहेका छन्।

कुनै प्रतिक्रिया नदिनेको संख्या २० प्रतिशत, बाबुराम भट्टराईलाई मन पराउनेको संख्या १५ प्रतिशत, पुष्पकमल दाहाल प्रचण्डलाई राम्रो मान्ने १३ प्रतिशत र वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ८ प्रतिशतले मन पराउने जवाफ दिएका छन्। सबैभन्दा कम झलनाथ खनाललाई ३ प्रतिशतले मन पराएका छन्। अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भने विकल्पमा राखिएको थिएन।

KP_Sharma_Oli  (3)1662106044.jpg

मिडिया आउटलेट निर्देशक अरुण लम्सालका अनुसार यो काठमाडौं १, ४, ५ र ८ का निश्चित वडामा गरिएको अध्ययन हो। स्वतन्त्र उम्मेदवारहरूले तयारी गरिरहेको स्थानलाई लिएर अध्ययन गर्ने क्रममा १० मध्येमा एक उक्त प्रश्नावली राखिएको थियो। स्थानीय तहको निर्वाचनमा यो संस्थाको अध्ययनले भरतपुर महानगरपालिकाको नतिजाको आकलन यथार्थनजिक थियो। त्यही कारण केही एमाले नेताहरूले यसलाई विश्वास गरेको देखिएको छ।

अन्य पार्टीलाई प्रेसर
ओली अघि सार्नुको अर्को महत्त्वपूर्ण कारण हो- अन्य पार्टीलाई समेत दबाब दिनु। यसअघि २०५६ सालमा एमालेले मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने घोषणा गर्‍यो। त्यसको दबाब नेपाली कांग्रेसमाथि पनि पर्‍यो। फलस्वरूप कृष्णप्रसाद भट्टराईलाई ‘भावी प्रधानमन्त्री’को रुपमा प्रस्तुत गरेर कांग्रेस निर्वाचनमा गयो। 

अहिले पनि गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न एमालेको निर्णयले दबाब सिर्जना गरेको छ। गठबन्धन प्रधानमन्त्रीको उम्मेदवार तोक्नेतर्फ केन्द्रित हुँदा त्यहीँभित्र विग्रह आउन सक्ने एउटा सम्भावना एमालेले देखेको छ भने अर्को ओली हाराहारीको ‘लोकप्रियता’ भएको नेता नरहेको एमालेको बुझाइ छ। 

सांसदभन्दा स्थानीय सरकार बलशाली भएकाले संघीय निर्वाचनमा सांसद प्रधानमन्त्री बनाउने ‘मतदाता’का रुपमा जिताउनुपर्ने लयबाट एमाले गाउँ-गाउँ पस्ने संकेत देखिन्छ।

लामो समय मदन भण्डारीको जबज,  मनमोहन अधिकारीको ९ महिने शासन र सूर्य चिह्नका बलमा चुनाव लड्दै आएको एमालेले यसपल्ट ‘ओली ब्रान्ड’ थप गरेको छ। वाक कौशल र फरासिलो स्वभावले आमजनमा बनेको ओलीको छविलाई भोटमा परिणत गर्ने रणनीतिअन्तर्गत उनलाई अघि सारिएको देखिन्छ। 

यसले अन्य पार्टीलाई समेत प्रश्न गर्ने ठाउँमा पुर्‍याउने एमाले नेताहरू बताउँछन्।  ‘हामीले प्रधानमन्त्रीका रुपमा उहाँलाई अघि सार्दा अरुले कसलाई बनाउँछ भनेर जनताले हेक्का राख्छन्। त्यसपछि तुलना गर्छन् र सबैभन्दा उपयुक्त पात्र प्रधानमन्त्री बनाउनेगरी मतदान गर्छन्,’ उनको आशा छ। गठबन्धनलाई जिताउने कि एमालेलाई भन्दा पनि ‘अब शेरबहादुर-प्रचण्ड कि ओली?’  भन्ने ठाउँसम्म आमजनलाई पुर्‍याउने एमालेको रणनीति देखिन्छ। 

KP_Sharma_Oli  (5)1662106045.jpg

रिजाल अन्तर्राष्ट्रिय मञ्चमा बीपी कोइरालापछि अग्लो व्यक्ति ओली नै भएको दाबी गर्छन्। प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने कारण केलाउँदै रिजाल भन्छन्, ‘ओली जस्तो अग्लो व्यक्तित्व नेपालले प्राप्त गरेको छैन। बीपी कोइरालापछि ओली नै हो। कांग्रेसलाई त बीपीको विरासत बिझाउने भएको छ।’

प्रधानमन्त्री तथा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन नहुने देश भारतकै कुरा गर्दा पनि भारतीय जनता पार्टीले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म पहिल्यै तय गर्छ। ‘करिस्म्याटिक’  व्यक्तित्व बनाएका प्रधानमन्त्री नरेन्द्र मोदी पार्टीभन्दा ‘माथि’ छन्। उनकै कारणले पार्टीले निरन्तर चुनाव जितिरहेको छ।

त्यहाँ निर्वाचन सांसदकै भए पनि केन्द्रमा मोदीको अनुहार हेरेर स्थानीय स्तरका नेताहरूबीच तुलना हुन छाडेको छ। मोदीकै अनुहार देखाएर देशव्यापी जित हासिल गरिरहेको छ। नेपालमा ओलीले त्यही शैली अपनाउन खोजेको एक एमाले नेता बताउँछन्। उनी भन्छन्, ‘अब हामीले कसलाई प्रधानमन्त्री बनाउने भन्ने बहस गर्छौँ,  कसलाई सांसद बनाउने बहसको अर्थ छैन।’

चुच्चे नक्साको सेन्टिमेन्ट र  समृद्धि
एमाले अध्यक्ष केपी शर्मा ओली २०७२ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध खरो उत्रिएपछि आमजनमा लोकप्रियता बढेको हो। उनको ‘राष्ट्रवादी’ छविले त्यसपछिका दिनमा एमाले फेरि लोकप्रियतातर्फ उन्मुख भएको हो। 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दलहरूले एकल प्रतिस्पर्धा ‍गर्दा एमाले ठूलो पार्टी बन्यो। त्‍यसपछिको संसदीय निर्वाचनमा राम्रो परिणाम ल्याउनुमा वाम गठबन्धनका साथै ओलीको लोकप्रियता हो। यतिबेला ओलीले आमजनमाझ लिएर जाने अजेन्डा चुच्चे नक्सा देखिन्छ। त्यसैमाथि नागरिकता विधेयक थपेर राष्ट्रवादी छविमा चमक थप्ने रणनीतिमा एमाले छ। एमाले महासचिव पोखरेल राष्ट्रवादका पक्षमा ओली उभिएकै कारण प्रहार भएको बताउँछन्। 

KP_Sharma_Oli1662100115.jpg

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एउटा कारण ‘राष्ट्रिय स्वभिमानको प्रवर्तक’ बताउँदै रिजाल भन्छन्, ‘सुगौली सन्धिमा नेपालको रहेको, तर अर्कैले भोगचलन गरिरहेको भू-भाग राष्ट्रिय नक्सामा अंकित ओलीले गर्नुभएको हो। राष्ट्रिय सम्मान र स्वभिमानको लडाइँमा उहाँलाई अघि सारेका छौं।’

एमालेले राष्ट्रियतालाई जोडतोडका साथ उठाउनेमा गठबन्धनका नेताहरू पनि प्रष्ट देखिन्छन्। वैवाहिक अंगीकृतमा समयसीमा निर्धारण गर्ने विषयले एमालेको पहाडी मत बढ्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत संशय छ। त्यसैले उनी ‘७ वर्ष समय राख्ने उपाय’ आफूले सुझाएको भन्न थालेका छन्। 

वैवाहिक अंगीकृतको प्रावधानमा एमालेले राजनीति गरेको बताउँदै ७ वर्षे प्रवाधान आफ्नो अजेन्डा भएको प्रष्टसँग राख्न कार्यकर्तासँग आग्रह गर्न थालेका छन्। भदौ १३  उनले एक कार्यक्रममा उनले भने, ‘जनताले यो बुझ्दैनन् भन्ने ठानेका होलान्। यो विषय उठायो भने राष्ट्रवादी भइन्छ भन्ने लागेको होला। नाकाबन्दीको बेला जस्तो सोचेका होलान्।’

KP_Sharma_Oli  (6)1662106045.jpg

यसबाहेक ओली प्रधानमन्त्री हुँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दै विकासतर्फ देशलाई लैजान खोजेको विषयलाई आमजनमाझ निर्णय एमालेले गरेको छ। ओलीलाई प्रेम गर्ने मात्रै होइन, प्रचण्डलाई घृणा गर्ने मतसमेत एमालेतर्फ तान्ने रणनीति पनि हो यो।

ओलीले देखेको समृद्ध नेपालको सपना तुहाउन प्रचण्डले बीचमै लफडा झिकेको कुरा जनतामाझ स्थापित गर्दै फेरि ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले सूर्यमा भोट माग्ने भएको छ। पोखरेल भन्छन्, ‘पूर्वाधार निर्माणका क्षेत्रमा ठूला-ठूला परियोना अघि बढायौं। समृद्धिमा आशा जगायौं। जनताको विश्वासमा खरो उत्रिँदै थियौं, नेतृत्वमाथि प्रहार भयो।’

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्