• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेले अनि अघि सार्‍यो ‘ओली ब्रान्ड’

64x64
राजनीतिक ब्यूरो शुक्रबार, भदौ १७, २०७९  १३:५८
1140x725

काठमाडौं– नेकपा एमालले किन निर्वाचनअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो? यसबारे महासचिव शंकर पोखरेलले भूमिकासहितको भनाइबाट सुरु गर्दा केही संकेत मिल्छन्। जुन यस्तो छ:

पुस ५ (२०७७) गते नेकपालाई विभाजनबाट रोक्न सकिन्छ कि भनेर प्रचण्ड निवास खुमलटार पुगें। त्यहाँ मैले भने- त्यसोभए छिटो चुनावमा जाऔँ। एक कार्यकाल ओली र अर्को नयाँ कार्यकाल प्रचण्ड भनौँ। ओलीकै नेतृत्वमा चुनाव जाऔँ। छिटो जाऔँ।

पोखरेलका अनुसार प्रचण्डको प्रतिउत्तर थियो,  ‘केपी ओली अलोकप्रिय भइसक्नुभयो। उहाँको नेतृत्वमा चुनावमा जान सकिँदैन।’

आफूले प्रचण्डहरूभन्दा ओली नै लोकप्रिय रहेको भन्दा उनी मान्न तयार नभएको पोखरेलको भनाइ छ। उनी थप्छन्,  ‘लोकप्रियलाई घेराबन्दीमा पारेर हटाइयो। फेरि जनताले ल्याउँछन्। घेराबन्दी गर्नेलाई जनअदालतले दण्डित गर्छ।’

एमाले भनेकै ओली जस्तो अवस्था रहेका बेला पार्टीले बहुमत ल्याउँदा अरु कसैले चुनौती दिने सम्भावना देखिँदैन। दिए पनि सौराह प्रकरणका भीम रावलको अर्को संस्करण बन्ने निश्चितप्रायः छ।

एमालेले बहुमत ल्याउने सुनिश्चित छैन, तर बहुमत आए ओली नै प्रधानमन्त्रीका रुपमा अघि सारिने सुनिश्चित थियो। यस्तो अवस्थामा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जानुलाई रणनीतिक रुपमा हेरिएको छ। एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख विष्णु रिजाल भन्छन्,  ‘हामीसँग भएको भएको सबैभन्दा मूल्यवान् सम्पत्तिलाई नेपाली जनताका सामु समर्पण गरेका हौं।’

279808256_377818030944421_3343648885156259987_n1662106043.jpg

ओलीलाई अघि सार्नुका एक नभइ अनेक कारण रहेको उनी बताउँछन्। रिजालले औपचारिक रुपमा प्रस्तुत गर्ने ६ वटा बुँदा छन्। ‘समृद्धिका स्वप्नद्रष्टा, राष्ट्रिय स्वभिमानको प्रवर्तक, वैदेशिक सम्बन्ध सेतु, अन्तर्राष्ट्रिय मञ्चमा अग्लो व्‍यक्तित्व, इतिहासको व्याख्याताका साथै निर्माता र त्याग, योगदान र निरन्तरताका कारण ओलीलाई अघि सारिएको हो,’ एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यो कथ्य, त्यो तथ्य
प्रष्टवक्ता रिजालले प्रस्तुत गरेका यी कथ्य कारण हुन्। तर,  ओलीलाई अघि सार्नुको राजनीतिक रणनीति भने अरु नै रहेको एमाले नेताहरू नै बताउँछन्। एक एमाले नेताका अनुसार पार्टी अर्थात् एमाले  गठबन्धनका पाँच दलसँग एक्लो देखिन्छ। यसदृष्टिले ‘एक्लो एमाले’ कमजोर पनि देखिन सक्छ। तर ओली अघि सार्दा तुलना पाँच दलकै शीर्ष नेताहरूसँग हुन्छ र त्यस्तो अवस्थामा ‌ओली नै भारी पर्ने देखिन्छ। 

उनले हालसालै गरिएको एउटा रिसर्चले समेत ओली लोकप्रिय रहेको प्रमाणित गरेको बताए। तर उनले उक्त रिसर्च उल्लेख गरेनन्। हालसालै गरिएका त्यस्ता रिसर्चहरूबारे नेपाल लाइभले खोज्दै जाँदा ‘मिडिया आउटलेट’ नामक एउटा संस्थाले काठमाडौंका केही स्थानलाई केन्द्र बनाएर १०७९ जनामा गरिएको रिसर्च प्राप्त गरेको छ। जुन केही एमाले नेताकहाँ समेत पुगेको देखिन्छ।

उक्त रिसर्चमा प्रश्न गरिएको छ- ‘पाँच जना भूतपूर्व प्रधानमन्त्रीमध्ये को राम्रो मान्नुहुन्छ?’ एमाले अध्यक्ष ओलीलाई राम्रो मान्ने ४१ प्रतिशत देखिएका छन् अर्थात् १०७९ जनामा ओलीलाई राम्रो मान्ने ४४५ जना रहेका छन्।

कुनै प्रतिक्रिया नदिनेको संख्या २० प्रतिशत, बाबुराम भट्टराईलाई मन पराउनेको संख्या १५ प्रतिशत, पुष्पकमल दाहाल प्रचण्डलाई राम्रो मान्ने १३ प्रतिशत र वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ८ प्रतिशतले मन पराउने जवाफ दिएका छन्। सबैभन्दा कम झलनाथ खनाललाई ३ प्रतिशतले मन पराएका छन्। अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भने विकल्पमा राखिएको थिएन।

KP_Sharma_Oli  (3)1662106044.jpg

मिडिया आउटलेट निर्देशक अरुण लम्सालका अनुसार यो काठमाडौं १, ४, ५ र ८ का निश्चित वडामा गरिएको अध्ययन हो। स्वतन्त्र उम्मेदवारहरूले तयारी गरिरहेको स्थानलाई लिएर अध्ययन गर्ने क्रममा १० मध्येमा एक उक्त प्रश्नावली राखिएको थियो। स्थानीय तहको निर्वाचनमा यो संस्थाको अध्ययनले भरतपुर महानगरपालिकाको नतिजाको आकलन यथार्थनजिक थियो। त्यही कारण केही एमाले नेताहरूले यसलाई विश्वास गरेको देखिएको छ।

अन्य पार्टीलाई प्रेसर
ओली अघि सार्नुको अर्को महत्त्वपूर्ण कारण हो- अन्य पार्टीलाई समेत दबाब दिनु। यसअघि २०५६ सालमा एमालेले मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने घोषणा गर्‍यो। त्यसको दबाब नेपाली कांग्रेसमाथि पनि पर्‍यो। फलस्वरूप कृष्णप्रसाद भट्टराईलाई ‘भावी प्रधानमन्त्री’को रुपमा प्रस्तुत गरेर कांग्रेस निर्वाचनमा गयो। 

अहिले पनि गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न एमालेको निर्णयले दबाब सिर्जना गरेको छ। गठबन्धन प्रधानमन्त्रीको उम्मेदवार तोक्नेतर्फ केन्द्रित हुँदा त्यहीँभित्र विग्रह आउन सक्ने एउटा सम्भावना एमालेले देखेको छ भने अर्को ओली हाराहारीको ‘लोकप्रियता’ भएको नेता नरहेको एमालेको बुझाइ छ। 

सांसदभन्दा स्थानीय सरकार बलशाली भएकाले संघीय निर्वाचनमा सांसद प्रधानमन्त्री बनाउने ‘मतदाता’का रुपमा जिताउनुपर्ने लयबाट एमाले गाउँ-गाउँ पस्ने संकेत देखिन्छ।

लामो समय मदन भण्डारीको जबज,  मनमोहन अधिकारीको ९ महिने शासन र सूर्य चिह्नका बलमा चुनाव लड्दै आएको एमालेले यसपल्ट ‘ओली ब्रान्ड’ थप गरेको छ। वाक कौशल र फरासिलो स्वभावले आमजनमा बनेको ओलीको छविलाई भोटमा परिणत गर्ने रणनीतिअन्तर्गत उनलाई अघि सारिएको देखिन्छ। 

यसले अन्य पार्टीलाई समेत प्रश्न गर्ने ठाउँमा पुर्‍याउने एमाले नेताहरू बताउँछन्।  ‘हामीले प्रधानमन्त्रीका रुपमा उहाँलाई अघि सार्दा अरुले कसलाई बनाउँछ भनेर जनताले हेक्का राख्छन्। त्यसपछि तुलना गर्छन् र सबैभन्दा उपयुक्त पात्र प्रधानमन्त्री बनाउनेगरी मतदान गर्छन्,’ उनको आशा छ। गठबन्धनलाई जिताउने कि एमालेलाई भन्दा पनि ‘अब शेरबहादुर-प्रचण्ड कि ओली?’  भन्ने ठाउँसम्म आमजनलाई पुर्‍याउने एमालेको रणनीति देखिन्छ। 

KP_Sharma_Oli  (5)1662106045.jpg

रिजाल अन्तर्राष्ट्रिय मञ्चमा बीपी कोइरालापछि अग्लो व्यक्ति ओली नै भएको दाबी गर्छन्। प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने कारण केलाउँदै रिजाल भन्छन्, ‘ओली जस्तो अग्लो व्यक्तित्व नेपालले प्राप्त गरेको छैन। बीपी कोइरालापछि ओली नै हो। कांग्रेसलाई त बीपीको विरासत बिझाउने भएको छ।’

प्रधानमन्त्री तथा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन नहुने देश भारतकै कुरा गर्दा पनि भारतीय जनता पार्टीले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म पहिल्यै तय गर्छ। ‘करिस्म्याटिक’  व्यक्तित्व बनाएका प्रधानमन्त्री नरेन्द्र मोदी पार्टीभन्दा ‘माथि’ छन्। उनकै कारणले पार्टीले निरन्तर चुनाव जितिरहेको छ।

त्यहाँ निर्वाचन सांसदकै भए पनि केन्द्रमा मोदीको अनुहार हेरेर स्थानीय स्तरका नेताहरूबीच तुलना हुन छाडेको छ। मोदीकै अनुहार देखाएर देशव्यापी जित हासिल गरिरहेको छ। नेपालमा ओलीले त्यही शैली अपनाउन खोजेको एक एमाले नेता बताउँछन्। उनी भन्छन्, ‘अब हामीले कसलाई प्रधानमन्त्री बनाउने भन्ने बहस गर्छौँ,  कसलाई सांसद बनाउने बहसको अर्थ छैन।’

चुच्चे नक्साको सेन्टिमेन्ट र  समृद्धि
एमाले अध्यक्ष केपी शर्मा ओली २०७२ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध खरो उत्रिएपछि आमजनमा लोकप्रियता बढेको हो। उनको ‘राष्ट्रवादी’ छविले त्यसपछिका दिनमा एमाले फेरि लोकप्रियतातर्फ उन्मुख भएको हो। 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दलहरूले एकल प्रतिस्पर्धा ‍गर्दा एमाले ठूलो पार्टी बन्यो। त्‍यसपछिको संसदीय निर्वाचनमा राम्रो परिणाम ल्याउनुमा वाम गठबन्धनका साथै ओलीको लोकप्रियता हो। यतिबेला ओलीले आमजनमाझ लिएर जाने अजेन्डा चुच्चे नक्सा देखिन्छ। त्यसैमाथि नागरिकता विधेयक थपेर राष्ट्रवादी छविमा चमक थप्ने रणनीतिमा एमाले छ। एमाले महासचिव पोखरेल राष्ट्रवादका पक्षमा ओली उभिएकै कारण प्रहार भएको बताउँछन्। 

KP_Sharma_Oli1662100115.jpg

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एउटा कारण ‘राष्ट्रिय स्वभिमानको प्रवर्तक’ बताउँदै रिजाल भन्छन्, ‘सुगौली सन्धिमा नेपालको रहेको, तर अर्कैले भोगचलन गरिरहेको भू-भाग राष्ट्रिय नक्सामा अंकित ओलीले गर्नुभएको हो। राष्ट्रिय सम्मान र स्वभिमानको लडाइँमा उहाँलाई अघि सारेका छौं।’

एमालेले राष्ट्रियतालाई जोडतोडका साथ उठाउनेमा गठबन्धनका नेताहरू पनि प्रष्ट देखिन्छन्। वैवाहिक अंगीकृतमा समयसीमा निर्धारण गर्ने विषयले एमालेको पहाडी मत बढ्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत संशय छ। त्यसैले उनी ‘७ वर्ष समय राख्ने उपाय’ आफूले सुझाएको भन्न थालेका छन्। 

वैवाहिक अंगीकृतको प्रावधानमा एमालेले राजनीति गरेको बताउँदै ७ वर्षे प्रवाधान आफ्नो अजेन्डा भएको प्रष्टसँग राख्न कार्यकर्तासँग आग्रह गर्न थालेका छन्। भदौ १३  उनले एक कार्यक्रममा उनले भने, ‘जनताले यो बुझ्दैनन् भन्ने ठानेका होलान्। यो विषय उठायो भने राष्ट्रवादी भइन्छ भन्ने लागेको होला। नाकाबन्दीको बेला जस्तो सोचेका होलान्।’

KP_Sharma_Oli  (6)1662106045.jpg

यसबाहेक ओली प्रधानमन्त्री हुँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दै विकासतर्फ देशलाई लैजान खोजेको विषयलाई आमजनमाझ निर्णय एमालेले गरेको छ। ओलीलाई प्रेम गर्ने मात्रै होइन, प्रचण्डलाई घृणा गर्ने मतसमेत एमालेतर्फ तान्ने रणनीति पनि हो यो।

ओलीले देखेको समृद्ध नेपालको सपना तुहाउन प्रचण्डले बीचमै लफडा झिकेको कुरा जनतामाझ स्थापित गर्दै फेरि ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले सूर्यमा भोट माग्ने भएको छ। पोखरेल भन्छन्, ‘पूर्वाधार निर्माणका क्षेत्रमा ठूला-ठूला परियोना अघि बढायौं। समृद्धिमा आशा जगायौं। जनताको विश्वासमा खरो उत्रिँदै थियौं, नेतृत्वमाथि प्रहार भयो।’

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्