काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले उम्मेदवार छान्नलाई मातहतका संगठनमा परिपत्र गरपछि शर्मालाई उक्त क्षेत्रबाट सिफारिस गरिएको हो।
स्थानीय एक कांग्रेस नेताका अनुसार शर्मालाई सर्वसम्मत सिफारिस गरिएको हो। शर्मा अघिल्ला २ निर्वाचनमा यहि क्षेत्रबाट पराजित भएका थिए।
गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि भने सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा शर्माले अवसर नपाउन सक्छन्। किनभने अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका राम कार्की निर्वाचित भएका थिए।
झापा १: तेस्रो प्रयासमा वामपन्थी किल्ला भत्काउन सक्लान् कांग्रेस महामन्त्री शर्मा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।