• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

झापा १:  तेस्रो प्रयासमा वामपन्थी किल्ला भत्काउन सक्लान् कांग्रेस महामन्त्री शर्मा? 

64x64
राजनीतिक ब्यूरो सोमबार, भदौ १३, २०७९  २१:३१
1140x725

काठमाडौं– ‘बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन पहिले आसन्न निर्वाचनको उम्मेदवारीको सन्दर्भमा लेखेको ट्विट हो।

शर्मा काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उठ्न सक्ने आकलन भइरहेका बेला उनले झापा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिनेबारे सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका थिए। अहिले उनी त्यतै केन्द्रित छन्। 

यद्यपि उक्त क्षेत्रबाट शर्माले ७० र ७४ मा भएको निर्वाचनमा पराजय भोगिसकेका छन्। उनी यो क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन्।

२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए। शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए।

मंसिरमा हुने निर्वाचनमा शर्माको उम्मेदवारीको सन्दर्भ र सम्भावित नतिजालाई मुख्यत: ४ वटा कोणबाट विश्लेषण गर्नु वाञ्छनीय हुनेछ। पहिलो, सत्ता गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटको विधि र दोस्रो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण। तेस्रो, वामपन्थीहरूको दबदबा क्षेत्र र चौथो, कृष्ण सिटौला ‘फ्याक्टर’। यी सबै कोणबाट हेर्दा शर्मालाई संसदीय राजनीतिमा प्रवेश गर्न अवरोध हुन सक्छ। 

प्रस्तावित सिट बाँडफाँटको विधिलाई कार्यान्वयनमा ल्याइए उक्त क्षेत्र  माओवादी केन्द्रलाई छोड्नुपर्ने हुन्छ। तर शर्मा उक्त विधिलाई अस्वीकार गर्ने पक्षमा रहेको उनी निकट स्रोत बताउँछ। पार्टीको महामन्त्री रहेकाले उक्त क्षेत्रमा स्वतः आफ्नो मागदाबी रहने शर्माको तर्क रहेको उनी निकटस्थहरू बताउँछन्। 

त्यसो त उनले गरेको ट्विटमा गठबन्धनका उम्मेदवारलाई साथमा लिएर उम्मेदवारी दिने उल्लेख गरेका छन्। ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु,’ शर्माले लेखेका छन्।

यता, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलबाट उम्मेदवार बनेका वडाध्यक्षले प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमाले फराकिलो मतले अगाडि देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यो क्षेत्रमा मेचिनगर नगरपालिकाका सबै (१५ वटा)वडा, भद्रपुर नगरपालिकाको ९ र १० नंबर वडा र बुद्धशान्ती गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडाहरू रहेका  छन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। उक्त निर्वाचनमा कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९०५ मत प्राप्त गरेका थिए। एक्लै प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए। यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २५२ मत र स्वतन्त्र लगायत अन्य दलले ४ हजार ६५२ मत प्राप्त गरेका थिए। 

मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि एमालेको मत करिब २ हजार ५०० ले बढी देखिन्छ। यस्तो अवस्थामा गठबन्धनले उक्त क्षेत्रको तेस्रो शक्तिको रुपमा रहेको राप्रपालाई समेट्नुपर्ने देखिन्छ।

तर राप्रपा र एमालेबीच गठबन्धन हुन सक्ने प्रारम्भिक लक्षणहरू देखिन्छन्। 

‘जब्बर’ वामपन्थी मत
यो क्षेत्र वामपन्थीहरूको उद्गमस्थल हो। जसको पुष्टि २०७४ को निर्वाचनमा कार्कीको विजयले पनि गर्छ। आफ्नो राजनीतिक जीवनमा कुनै पनि समय यो क्षेत्रमा योगदानै नगरेका कार्कीले सोही ठाउँका र राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेका शर्मालाई करिब ३ हजारको मतान्तरले पराजय गरिदिए। 

यद्यपि ०७४ को दलहरूको समीकरण परिवर्तन भए पनि वैशाखको निर्वाचनमा सानो शक्तिको रुपमा खुम्चिएको माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको मतले गठबन्धनको जो सुकै उम्मेदबार भएपनि जित निकाल्न कठिन छ। किनभने कार्कीको जितमा तत्कालीन एमालेको मत मुख्य थियो भने वैशाखको निर्वाचनमा एमाले फराकिलो मतले अगाडि छ। यदि शर्माकै उम्मेदवारी निश्चित भयो भने पनि ‘जब्बर’ वामपन्थी मतलाई रिझाउन उनले निकै मेहेनत गर्नुपर्छ।

सिटौला ‘फ्याक्टर’ 
कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला पनि झापा हो। सिटौला र शर्माबीचको सम्बन्ध सुमधुर देखिँदैन। जसको ताजा उदाहरण वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने विषयमा भएको असमझदारीले देखाउँछ। 

शर्माकै गृहनगर मेची नगरपालिकामा सिटौलाको दबाबले उनी पक्षका केशव पाण्डेलाई गठबन्धनले मेयरमा सिफारिस गरेको थियो। तर उम्मेदवारी दर्ता गर्ने दिन शर्माले हस्तक्षेप गरेर आफू पक्षीय इन्द्र बुढाथोकीलाई मेयरमा उम्मेदवारी दिलाए। यसको असर कांग्रेसले गठबन्धन हुँदा पनि पराजय भोग्नुपर्‍यो। जबकि एक्लाएक्लै प्रतिस्पर्धा गर्दा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयरमा बाजी मारेको थियो।

महामन्त्री पदको प्रभाव पर्ने आशा
शर्माको जितको एउटा मात्र बलियो आधार भनेको उनी नेपाली कांग्रेसका महामन्त्री हुनु हो। आगामी दिनमा सत्ता र शक्तिको केन्द्र बन्ने सम्भावना रहेका शर्मालाई त्यही विश्वासमा मतदाताले विजयी बनाउन सक्छन्। 

शर्मा पनि यही संभावनाबाट बढी आशावादी देखिन्छन्। मुखर रुपमै उनले अघिल्ला निर्वाचनमा मतदाताले पराजित गराएकाले प्रधानमन्त्री, पार्टी सभापतिको दाबीमा असर पारेकोले अब मतदाताले त्यस्तो ‘भुल’ गर्न नहुने धारणा राख्न थालेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २१:३१
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्