• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संघीय निजामती सेवा ऐन किन आएन ?

64x64
कुमार दाहाल शुक्रबार, भदौ १७, २०७९  ०७:४५
1140x725

काठमाडौं– निजामती सेवा इतिहासकै सबैभन्दा अफ्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धान्त, व्यवहार, संस्कृति, प्रवृत्तिमा नै अहिले प्रश्नचिन्ह  छ। संघीयता कार्यान्वयनको आधा दशक बितेको छ। स्थानीय सरकारको पाँच वर्ष सकियो। संघ, प्रदेश संसद्को चुनाव तोकिएको छ। तर स्थायी संयन्त्र निजामती सेवा ऐन  संघीय संरचना अनुरुप हुन सकेको छैन। अहिले कर्मचारीतन्त्रमा एक प्रकारको अन्योलता छ।

स्थायी, करार, अस्थायी कर्मचारी छुट्टिन छाडेका छन्। कर्मचारी नियुक्ति सम्बन्धी प्रदेश पिच्छेका नीति फरक छन्। नियुक्ति, बढुवा, सरुवाका संघीय नीति ओझेलमा परेको छ। 

निजामती सेवा सरकारी संयन्त्रको मूल खम्बा हो। निजामती सेवा नीतिले संस्थान, प्रतिष्ठान, शिक्षा, प्रहरीसमेत परोक्षरुपमा प्रभावित हुन्छन्।  अधिकांश सरकारी निकायमा तलब निजामती सेवा मापदण्डअनुरुप राखिएको छ। तर निजामती सेवा ऐन अहिलेसम्म छैन। २०६४ सालको ऐन र २०७४ सालको समायोजन ऐनबाट अहिले निजामती सेवा सञ्चालित छ। किन निजामती सेवा ऐन आएन। थुप्रै उत्सुकता कर्मचारी वृत्तभित्र छ। उत्सुकताभन्दा पनि  नेतृत्वले संघीयताको मर्म अनुरुप ऐन ल्याउन नसकेको आरोप थुप्रै छ।

२०४७ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रशासन सुधार आयोग गठन भयो।  यसले निजामती सेवा ऐनको प्रारुप तयार गर्‍यो। मन्त्रालय, विभाग, कर्मचारी संख्या, तलब, विकासका विषयमा प्रतिवेदनले थुप्रै सुधारको विषय  औँल्याइयो । तर प्रतिवेदनविपरीत  २०४९  कात्तिकमा ३० वर्ष सेवा अवधि लगाएर थुप्रै कर्मचारी सेवाबाट हटाइए। यसमा विशिष्ट श्रेणीलगायत माथिल्ला कर्मचारीहरु  पजनीमा परे। त्यसपछि सरकार र कर्मचारीतन्त्रको बीचमा द्वन्द्व सुरु भयो। जुन यद्यपि छँदैछ। यसपछि निजामती सेवाको संगठन र  सोपानमा थुप्रै परिवर्तन भए। मन्त्रालय फुटाउने र जुटाउने  नीतिहरू आए। प्रतिवेदनका कुनै पनि विषय राम्रोसँग लागू भएनन्। 

निजामती सेवामा ट्रेड युनियन हाबी हुँदै गयो । सरुवा, बढुवा, वृत्ति विकासका सबै विषयमा राजनीतिक हस्तक्षेप बढ्यो। तर कर्मचारीतन्त्रले आफ्नो योग्यताको प्रदर्शन कही पनि गरेन र गर्न सकेको छैन। बिस्तारै कर्मचारीतन्त्रको क्षयीकरण सुरु हुँदै गयो। आफ्नो योग्यताभन्दा राजनीतिबाट कर्मचारीतन्त्र चल्न थाल्यो। आजसम्म राजनीति र प्रशासन बीच मजबुत विश्वास  नहुँदा  संघीय निजामती सेवा ऐन ल्याउन गाह्रो भएको छ।

संघीयतापछि निजामती सेवाको खाका तयार हुन सकेन। निजामती सेवामा कतिपय विषय स्थापित भइसकेका थिए।  सरुवा बढुवाका विषयमा विगतका ऐन कानुन स्पष्ट थिए। तर संघीयतापछि स्थापित विषयमा समेत हामीले थप व्याख्या गर्न थाल्यौँ। संघीयताले माग गरेको  कर्मचारी समायोजन, कानुन संशोधन गरेर तीन तहका सरकारको कर्मचारीको सेवा सर्त सम्बन्धी कानुन स्थापित गर्नु थियो।

यस विषयमा भन्दापनि कुन पद र  तहलाई संरक्षित र संघीय बनाउने विषयमा नै हाम्रो नीति र नेतृत्व अल्मलियो। पोलिटिकल स्टेटमेनसिप र राजनीतिभित्र प्रशासनको विज्ञताको कमिले अहिलेसम्म निजामती सेवा ऐन आउन सकेन। कर्मचारीतन्त्रको सुझाव समेत स्पष्ट भएन वा राजनीतिलाई बुझाउन सकेनन्।

समायोजन ऐनले निजामती सेवाको स्वरूपलाई कुरूप बनायो। जसरी २०६४ सालको ऐनले  बढुवा पद्धतिलाई स्थापित गर्नुभन्दा बढुवा नीतिबाट सेवा स्वरुपलाई नै समाप्त पारिदियो। यसको असर  नटुगिँदै समायोजन ऐनको प्रहारमा पर्‍यो। समायोजन ऐनले ल्याएको विकृति रोक्न संघीय ऐनले कतिको सक्छ यो चुनौतीपूर्ण छ। किन कि प्रदेशहरुले निजामती सेवा ऐन ल्याइसकेका छन्।

Ncell 2
Ncell 2

नियुक्ति, बढुवा, कर्मचारीको उमेरका विषयमा प्रदेश अगाडि छन्। अब प्रदेशले कर्मचारीलाई दिइएको सुविधा  संघीय ऐनले  कतिको संस्थागत गर्न सक्ला?  अदालतमा कति मुद्दा पर्लान् र कति कर्मचारीलाई मर्का पर्ला हामीले समयमै आँकलन गरेका छैनौँ।

अहिले निजामति सेवा ऐन ल्याउन एउटा मुद्दा प्रमुख रुपमा उठेको छ।  प्रमुख प्रशासकीय अधिकृत र सचिव प्रदेशको रहने  वा संघको? यो विषयमा निर्णय गर्न ढिलो भइसकेको छ। समायोजन ऐनबाट पठाइएका कर्मचारीप्रति प्रदेश र स्थानीय सरकार सन्तुष्ट छैनन्। अझ प्रदेशको बढी असन्तुष्टि छ। आफ्नो अधीनमा कर्मचारी नभएमा स्थानीय नेतृत्वप्रति कर्मचारी उत्तरदायी नहुने प्रदेश र स्थानीय सरकारको भनाइमा नीतिगत तर्कहरू थुप्रै छन्।  संघीयताको अन्तरसम्बन्ध बिग्रिने संघीय धारणा नीतिगत रुपमा बलियो छैन। 

शक्ति सन्तुलन र नियन्त्रणका लागि थुप्रै संवैधानिक निकाय छन्। यी अंगहरुले संघीयतालाई बलियो बनाउँछन् । अन्तरसम्बन्ध कायम राख्छन्। अख्तियार, महालेखा परीक्षकलगायत अन्तर प्रदेश समन्वय परिषद र अंगहरुको  नियमन कडा हुनुपर्छ। बजेट नीति तथा कार्यक्रमको अनुशासित कार्यान्वयनबाट  संघीयता बलियो हुन्छ। कर्मचारीको पद र तह कुन सरकारको अधीनमा छ भन्ने विषय महत्वपूर्ण होइन। कर्मचारीको पद र तह  कहाँ रहनुपर्छ भन्दापनि बढुवा, वृत्ति विकासमा योग्यता र क्षमताको कदर महत्वपूर्ण हो।

समय, योग्यताका आधारमा यी विषय अनुमान योग्य हुनुपर्छ। कर्मचारीहरुको लक्ष्य संघीय सचिव वा मुख्यसचिवसम्म पुग्नु हो। स्थानीय तहको कर्मचारी वा प्रदेशको कर्मचारीको निरन्तर वृत्ति विकास संघीयसम्म ल्याउने ढोका खुला हुनुपर्छ।  बढुवा प्रणालीलाई स्थानीय  र प्रदेशका तहसम्म जोड्नुपर्छ।

निश्चित योग्यता भएका कर्मचारी संघमा ल्याउन सक्ने व्यवस्था हुनुपर्छ। यसबाट मात्र संघ, प्रदेश र स्थानीय कर्मचारीको बीचमा अन्तर सम्बन्ध बलियो हुन्छ। संघीय कर्मचारी राख्दैमा संघीय नीति बलियो हुने भए अहिलेको ठूलो बेरुजु र भ्रष्टाचार यिनै कर्मचारीबाट भएका छन्। कर्मचारीलाई अनुगमन र निगरानी गर्ने निकाय महत्वपूर्ण हो। 

अहिले कतिपय प्रदेशले निजामती सेवा ऐन ल्याइसकेका छन्। तर संघीय  ऐन,  सेवा शर्तसम्बन्धी बलियो कानुन बन्नुपर्छ। निजामती सेवा ऐनको सिद्धान्त नीति, सेवा, शर्तमा एकरूपता नभएमा कानुन खारेज हुनुपर्छ।  तबमात्र संघीय प्रदेश र स्थानीय सरकारका कर्मचारीहरूको मूल्यांकन प्रक्रिया एकै प्रकारको हुनसक्छ र कर्मचारीमा विश्वसनीयता बढ्छ।

प्रदेश, स्थानीय सरकारले क्षमताअनुसार सुविधा दिन सकिएला।  तर नियुक्ति, बढुवा, वृत्ति विकास, तालिम, सेवा शर्त विषयहरूमा  अनेकरुपता हुनुहुँदैन। यो विषय स्पष्ट गरेमा संघीय कानून आउनसक्छ। तर जति ढिलो गर्‍यो यो विषय झन् पेचिलो हुँदै जान्छ।


लेखक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक हुन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कुमार दाहाल
लेखकबाट थप
राजनीतिमा नअटाएको तेस्रो पुस्ता
संघीय निजामती सेवा ऐन किन आएन ?
नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्