• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संघीय निजामती सेवा ऐन किन आएन ?

64x64
कुमार दाहाल शुक्रबार, भदौ १७, २०७९  ०७:४५
1140x725

काठमाडौं– निजामती सेवा इतिहासकै सबैभन्दा अफ्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धान्त, व्यवहार, संस्कृति, प्रवृत्तिमा नै अहिले प्रश्नचिन्ह  छ। संघीयता कार्यान्वयनको आधा दशक बितेको छ। स्थानीय सरकारको पाँच वर्ष सकियो। संघ, प्रदेश संसद्को चुनाव तोकिएको छ। तर स्थायी संयन्त्र निजामती सेवा ऐन  संघीय संरचना अनुरुप हुन सकेको छैन। अहिले कर्मचारीतन्त्रमा एक प्रकारको अन्योलता छ।

स्थायी, करार, अस्थायी कर्मचारी छुट्टिन छाडेका छन्। कर्मचारी नियुक्ति सम्बन्धी प्रदेश पिच्छेका नीति फरक छन्। नियुक्ति, बढुवा, सरुवाका संघीय नीति ओझेलमा परेको छ। 

निजामती सेवा सरकारी संयन्त्रको मूल खम्बा हो। निजामती सेवा नीतिले संस्थान, प्रतिष्ठान, शिक्षा, प्रहरीसमेत परोक्षरुपमा प्रभावित हुन्छन्।  अधिकांश सरकारी निकायमा तलब निजामती सेवा मापदण्डअनुरुप राखिएको छ। तर निजामती सेवा ऐन अहिलेसम्म छैन। २०६४ सालको ऐन र २०७४ सालको समायोजन ऐनबाट अहिले निजामती सेवा सञ्चालित छ। किन निजामती सेवा ऐन आएन। थुप्रै उत्सुकता कर्मचारी वृत्तभित्र छ। उत्सुकताभन्दा पनि  नेतृत्वले संघीयताको मर्म अनुरुप ऐन ल्याउन नसकेको आरोप थुप्रै छ।

२०४७ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रशासन सुधार आयोग गठन भयो।  यसले निजामती सेवा ऐनको प्रारुप तयार गर्‍यो। मन्त्रालय, विभाग, कर्मचारी संख्या, तलब, विकासका विषयमा प्रतिवेदनले थुप्रै सुधारको विषय  औँल्याइयो । तर प्रतिवेदनविपरीत  २०४९  कात्तिकमा ३० वर्ष सेवा अवधि लगाएर थुप्रै कर्मचारी सेवाबाट हटाइए। यसमा विशिष्ट श्रेणीलगायत माथिल्ला कर्मचारीहरु  पजनीमा परे। त्यसपछि सरकार र कर्मचारीतन्त्रको बीचमा द्वन्द्व सुरु भयो। जुन यद्यपि छँदैछ। यसपछि निजामती सेवाको संगठन र  सोपानमा थुप्रै परिवर्तन भए। मन्त्रालय फुटाउने र जुटाउने  नीतिहरू आए। प्रतिवेदनका कुनै पनि विषय राम्रोसँग लागू भएनन्। 

निजामती सेवामा ट्रेड युनियन हाबी हुँदै गयो । सरुवा, बढुवा, वृत्ति विकासका सबै विषयमा राजनीतिक हस्तक्षेप बढ्यो। तर कर्मचारीतन्त्रले आफ्नो योग्यताको प्रदर्शन कही पनि गरेन र गर्न सकेको छैन। बिस्तारै कर्मचारीतन्त्रको क्षयीकरण सुरु हुँदै गयो। आफ्नो योग्यताभन्दा राजनीतिबाट कर्मचारीतन्त्र चल्न थाल्यो। आजसम्म राजनीति र प्रशासन बीच मजबुत विश्वास  नहुँदा  संघीय निजामती सेवा ऐन ल्याउन गाह्रो भएको छ।

संघीयतापछि निजामती सेवाको खाका तयार हुन सकेन। निजामती सेवामा कतिपय विषय स्थापित भइसकेका थिए।  सरुवा बढुवाका विषयमा विगतका ऐन कानुन स्पष्ट थिए। तर संघीयतापछि स्थापित विषयमा समेत हामीले थप व्याख्या गर्न थाल्यौँ। संघीयताले माग गरेको  कर्मचारी समायोजन, कानुन संशोधन गरेर तीन तहका सरकारको कर्मचारीको सेवा सर्त सम्बन्धी कानुन स्थापित गर्नु थियो।

यस विषयमा भन्दापनि कुन पद र  तहलाई संरक्षित र संघीय बनाउने विषयमा नै हाम्रो नीति र नेतृत्व अल्मलियो। पोलिटिकल स्टेटमेनसिप र राजनीतिभित्र प्रशासनको विज्ञताको कमिले अहिलेसम्म निजामती सेवा ऐन आउन सकेन। कर्मचारीतन्त्रको सुझाव समेत स्पष्ट भएन वा राजनीतिलाई बुझाउन सकेनन्।

समायोजन ऐनले निजामती सेवाको स्वरूपलाई कुरूप बनायो। जसरी २०६४ सालको ऐनले  बढुवा पद्धतिलाई स्थापित गर्नुभन्दा बढुवा नीतिबाट सेवा स्वरुपलाई नै समाप्त पारिदियो। यसको असर  नटुगिँदै समायोजन ऐनको प्रहारमा पर्‍यो। समायोजन ऐनले ल्याएको विकृति रोक्न संघीय ऐनले कतिको सक्छ यो चुनौतीपूर्ण छ। किन कि प्रदेशहरुले निजामती सेवा ऐन ल्याइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नियुक्ति, बढुवा, कर्मचारीको उमेरका विषयमा प्रदेश अगाडि छन्। अब प्रदेशले कर्मचारीलाई दिइएको सुविधा  संघीय ऐनले  कतिको संस्थागत गर्न सक्ला?  अदालतमा कति मुद्दा पर्लान् र कति कर्मचारीलाई मर्का पर्ला हामीले समयमै आँकलन गरेका छैनौँ।

अहिले निजामति सेवा ऐन ल्याउन एउटा मुद्दा प्रमुख रुपमा उठेको छ।  प्रमुख प्रशासकीय अधिकृत र सचिव प्रदेशको रहने  वा संघको? यो विषयमा निर्णय गर्न ढिलो भइसकेको छ। समायोजन ऐनबाट पठाइएका कर्मचारीप्रति प्रदेश र स्थानीय सरकार सन्तुष्ट छैनन्। अझ प्रदेशको बढी असन्तुष्टि छ। आफ्नो अधीनमा कर्मचारी नभएमा स्थानीय नेतृत्वप्रति कर्मचारी उत्तरदायी नहुने प्रदेश र स्थानीय सरकारको भनाइमा नीतिगत तर्कहरू थुप्रै छन्।  संघीयताको अन्तरसम्बन्ध बिग्रिने संघीय धारणा नीतिगत रुपमा बलियो छैन। 

शक्ति सन्तुलन र नियन्त्रणका लागि थुप्रै संवैधानिक निकाय छन्। यी अंगहरुले संघीयतालाई बलियो बनाउँछन् । अन्तरसम्बन्ध कायम राख्छन्। अख्तियार, महालेखा परीक्षकलगायत अन्तर प्रदेश समन्वय परिषद र अंगहरुको  नियमन कडा हुनुपर्छ। बजेट नीति तथा कार्यक्रमको अनुशासित कार्यान्वयनबाट  संघीयता बलियो हुन्छ। कर्मचारीको पद र तह कुन सरकारको अधीनमा छ भन्ने विषय महत्वपूर्ण होइन। कर्मचारीको पद र तह  कहाँ रहनुपर्छ भन्दापनि बढुवा, वृत्ति विकासमा योग्यता र क्षमताको कदर महत्वपूर्ण हो।

समय, योग्यताका आधारमा यी विषय अनुमान योग्य हुनुपर्छ। कर्मचारीहरुको लक्ष्य संघीय सचिव वा मुख्यसचिवसम्म पुग्नु हो। स्थानीय तहको कर्मचारी वा प्रदेशको कर्मचारीको निरन्तर वृत्ति विकास संघीयसम्म ल्याउने ढोका खुला हुनुपर्छ।  बढुवा प्रणालीलाई स्थानीय  र प्रदेशका तहसम्म जोड्नुपर्छ।

निश्चित योग्यता भएका कर्मचारी संघमा ल्याउन सक्ने व्यवस्था हुनुपर्छ। यसबाट मात्र संघ, प्रदेश र स्थानीय कर्मचारीको बीचमा अन्तर सम्बन्ध बलियो हुन्छ। संघीय कर्मचारी राख्दैमा संघीय नीति बलियो हुने भए अहिलेको ठूलो बेरुजु र भ्रष्टाचार यिनै कर्मचारीबाट भएका छन्। कर्मचारीलाई अनुगमन र निगरानी गर्ने निकाय महत्वपूर्ण हो। 

अहिले कतिपय प्रदेशले निजामती सेवा ऐन ल्याइसकेका छन्। तर संघीय  ऐन,  सेवा शर्तसम्बन्धी बलियो कानुन बन्नुपर्छ। निजामती सेवा ऐनको सिद्धान्त नीति, सेवा, शर्तमा एकरूपता नभएमा कानुन खारेज हुनुपर्छ।  तबमात्र संघीय प्रदेश र स्थानीय सरकारका कर्मचारीहरूको मूल्यांकन प्रक्रिया एकै प्रकारको हुनसक्छ र कर्मचारीमा विश्वसनीयता बढ्छ।

प्रदेश, स्थानीय सरकारले क्षमताअनुसार सुविधा दिन सकिएला।  तर नियुक्ति, बढुवा, वृत्ति विकास, तालिम, सेवा शर्त विषयहरूमा  अनेकरुपता हुनुहुँदैन। यो विषय स्पष्ट गरेमा संघीय कानून आउनसक्छ। तर जति ढिलो गर्‍यो यो विषय झन् पेचिलो हुँदै जान्छ।


लेखक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक हुन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कुमार दाहाल
लेखकबाट थप
राजनीतिमा नअटाएको तेस्रो पुस्ता
संघीय निजामती सेवा ऐन किन आएन ?
नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्