• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २, २०८३ Sat, Jul 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिमा नअटाएको तेस्रो पुस्ता

64x64
कुमार दाहाल बिहीबार, भदौ २३, २०७९  ०९:४१
1140x725

साहित्यमा उत्तरआधुनिकता तथा राजनीतिमा समाजवाद र व्यक्तिगत स्वतन्त्रता असीमित विचार हुन्। यी विचारले सधैं नयाँपन जन्माउँछ र यथास्थितिको विरोध गर्छ। समाजवादको प्रगतिशीलता र पुँजीवादको वैयक्तिक स्वतन्त्रताको कुनै राजनीतिक बन्देज छैन।

प्लेटोको आदर्श राजनीति, हेगेलको राजनीति भित्रको विश्व व्यापकता, रुसोको राजनीति स्वतन्त्रताको लागि स्टेटमेनसिप राजनीतिका असीमित आदर्श हुन्। जसलाई साहित्यको उत्तरआधुनिकता र राजनीतिको स्वतन्त्रताले सधैंभरि पछ्याइरहन्छ तर अनुमान गर्न सक्दैन।

सन् १२१५ को म्याग्नाकार्टा तेस्रो पुस्ताको माग थियो। जसले सारा युरोपमा निरंकुश राजनीतिको अन्त्य गर्‍यो। लुई सोह्रौंको अन्त्य निरंकुशताको मात्र अन्त्य थिएन, बेलायती प्रजातन्त्रको माग थियो जसलाई फ्रान्सका जनता राजनीतिक सपना ठान्थे। त्यसपछि राजनीतिभित्र पुँजीवाद र‌ समाजवादका थुप्रै अभ्यास भइसकेक छन्।

सन् १९३० भन्दा अगाडिको पुँजीवाद र त्यसपछि मार्क्सको समाजवादले राजनीति र अर्थनीतिका सबै विषयहरुलाई छोइसकेको छ। तर आर्थिक पुँजीवाद र समाजवादीय अर्थशास्त्र राजनीति घेरामा मात्र समेटिएको छैन। जसले गर्दा अमेरिकाको पुँजीवादी अर्थतन्त्र, भारतको प्रजातान्त्रिक अर्थशास्त्र, चीनको समाजवाद, उत्तर कोरियाको साम्यवाद अझै प्रयोगको अवस्थामा छन्।

यी नीतिले राजनीतिक सन्तुष्टि दिन सकेका छैनन्। त्यसैले ताइवान, युक्रेनलाई केन्द्रविन्दु बनाएर विश्व राजनीति आफ्नो अर्थनीतिलाई स्थापित गर्न कम्मर कसेर लागेको छ। यसको चिन्ता विश्वका तेस्रो मुलुक र तेस्रो पुस्तालाई छ। जो राजनीतिक परिवर्तनको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने चुनौतीको सामना गरिरहेका छन्।

नेपालमा २००७ सालमा प्रजातन्त्र आउनुअघि नै विश्व राजनीतिभित्र अर्थशास्त्र र राज्य सञ्चालनका नीति जन्मिसकेका थिए। ००७ सालभन्दा अगाडि  मार्क्सको समाजवाद , एडम स्मिथको पुँजीवाद र  व्यापारका लागि उपनिवेशले नेपाललाई छोएन। विश्व साम्राज्यका शासकहरुलाई चाकरी गरी आफ्नो अस्तित्व जोगाउनमा शासकहरु लागे।

००७ सालपछि महेन्द्रकालीन राष्ट्रवादले समाजवादी अर्थनीतिलाई त पछ्यायो तर यसको प्रतिफल सीमान्त वर्गसम्म पुग्न सकेन। बीपी कोइराला र राजा महेन्द्रको विचारको बेमेल यसैमा थियो। राजा महेन्द्रको समाजवादलाई बीपीले स्वीकार नगर्नु, बीपीको समाजवादी अर्थशास्त्रलाई  महेन्द्रले राजनीतिक हस्तक्षेप मान्नु तत्कालीन राजनीतिक परिवर्तनको लागि अभिसाप प्रमाणित भयो। जसलाई आजसम्म हामीले खेप्नुपरेको छ। 

२०४७ को परिवर्तनपछि नेपाल पूर्ण रुपमा पुँजीवादी अर्थतन्त्रको हिमायती त बन्यो। तर यो अर्थनीतिले विकास र परिवर्तनलाई आत्मसात गर्न सकेन। माओवादी द्वन्द्वले समाजशास्त्रीय विभेद र सांस्कृतिक परिवर्तन त ल्यायो तर दह्रो अर्थनीतिलाई टेक्न सकेन। कहिले पुँजीवादी अर्थतन्त्रलाई स्वीकार गर्ने कहिले समाजवादी चिन्तन राख्ने दोहोरो चरित्रले पार्टीहरु स्पष्ट भएनन्। किनकी, चीन र भारतको दुवै अर्थनीतिलाई स्वीकार गर्नुपर्ने बाध्यता शासन र सत्ता दुवैमा थियो। अद्यापि छँदैछ।

nimb
nimb
Ncell 2
Ncell 2

विश्वव्यापीकरण, उदारीकरण, निजीकरणले नेपालको अर्थनीतिलाई परिवर्तन गर्छ भन्ने ठूलो आशा थियो। तर यसैभित्र नेपाली राजनीति अल्मलियो। भाइवाद, परिवारवाद, भ्रष्टाचार, राजनीतिक प्रभुत्वमा शासकहरु चुर्लुम्म डुबे।

२०४७ सालपछि युवाहरूको हातमा राजनीतिक नेतृत्व आउने आशा थियो तर आएन। त्यही पुरानै नेतृत्वले राजनीति बर्चस्व कायमै राख्यो। परिवर्तित नेतृत्वले युवाहरूको चाहना समेट्न सकेनन्।

प्रत्यक्ष रुपमा राजनीतिभित्र ठूलाठूला भ्रष्टाचार देखिए। यसैको ढाकछोप गर्न शासकहरु लागिराखे। दलालीतन्त्रले उच्च सत्ता र शासक सबैतिर टपक्कै ढाक्यो। ढाकिरहेको छ। सुधार गर्ने बलियो नेतृत्व देखिएन। जति आए तिनीहरुलाई पनि कि त राजनीतिले  कि त पद-प्रतिष्ठा र दबाबले किच्यो। राजनीतिक स्वार्थ र सोचभन्दा नेतृत्व माथि आउन नसक्नाले  ३० वर्षमा ठूलो आलोचना खेप्नुपर्‍यो।

आजको पुस्ता राजनीतिप्रति उदासीन देखिँदैछ। व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने यो पुस्ता अन्याय सहन सक्दैन। देखेको कुरा प्रष्ट भन्छ। राजनीतिक दाउपेच मन पराउँदैन। जान्दैन। यो पुस्ता नतिजामा विश्वास गर्छ। धर्म र संस्कृतिप्रति उदार छ। राजनीति र प्रशासन भित्रको भ्रष्टाचारको खुलेर विरोध गर्छ। त्यसैले यो पुस्ता र पुरानो पुस्ताको बीचमा खाडल पैदा भएको छ।

तेस्रो पुस्ताको कम उपस्थिति, सुधार विनाको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यताले राजनीतिप्रति वितृष्णा पैदा भएको हो। यो पुस्ता विश्वको परिवर्तनप्रति सचेत छ। प्रविधिमा पोख्त छ। तर राजनीतिक दल र पार्टीहरु अझै पनि राजनीतिक आदर्शको असीमित चिन्तनमा तल्लीन छन्।  युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने कुरा नेताहरुले नबुझेका होलान् र? तर नेताहरू यो विषय स्वीकार गर्न तयार छैनन्।

स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङको जितले नेपालका स्थापित राजनीतिक दलमा भूकम्प ल्याएको छ। दलका नेताहरु भित्रभित्रै तर्सिएका छन्। यसको अर्थ युवा पुस्ताको विद्रोह होइन। परिवर्तनको बाहक युवा पुस्ताको धर्म-कर्म र मर्मलाई राजनीतिक दलले नचिन्नु नै हो। 

नेपालका धैर्यशील जनता र धानिएको अर्थतन्त्रलाई नेताले आजसम्म भजाएर खाए। बल्ल यो जनतालाई थाहा हुँदैछ। यसका लागि राजनीतिक संस्कार नै परिवर्तन गर्नुपर्ने बाध्यता दलहरुमा देखिँदैछ। यससँगै कर्मचारीतन्त्रले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नैपर्छ। यसलाई नजरअन्दाज गरेमा भोलि नेपाली राजनीति अन्योलमा नपर्ला भन्न सकिँदैन।

स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण राजनीतिक प्रणालीको आक्रोश हो। किनकी, विगत वर्षमा शासन गरेका अनुभवहरु उनीहरूसँग जस्ताको तस्तै छन्। जसको नतिजा अर्थ राजनीतिले भोग्नुपरेकै छ। यसैको विरोध अहिले नयाँ पुस्ताले गरेको छ।

यही नयाँ पुस्ता हो जसले नेपालमा ठूला परिवर्तन गर्‍यो। तर स्थापित राजनीतिलाई बढी विश्वास गर्दा यो पुस्ताले सधैंभरि धोका पायो। अब राजनीतिक प्रवृत्ति र सोचाइ परिवर्तन हुने हो या नयाँ राजनीतिक पद्धति स्थापना हुने हो, राजनीति दलकै हातमा छ।

विश्व मञ्चमा नेपाली अर्थतन्त्र कमजोर नै होला। तर दक्षिण एसियामा नेपालको पर्यटन, विद्युत र अन्य क्षेत्रहरु बलिया छन्। यद्यपि, बेरोजगारी उच्च छ। युवा पुस्ता विदेश जान बाध्य छ। नेपालमा आय आर्जनका सम्भावना भइकन पनि खेर गएका छन्।

पुरानो नेतृत्वले नतिजामुखी काम देला भन्ने आशा युवा पुस्तालाई किन भएन? यो पुस्ता अब नेतृत्व परिवर्तन चाहन्छ। युवाहरूको चाहनालाई सम्बोधन गर्ने दल वा नेता अब नेतृत्वमा आउँछन् भन्ने विश्वास गरौं।

राजनीतिमा परिवर्तन विस्तारै हुने विषय हो। तर नेपालमा यो द्रुत गतिमा लम्किँदै छ। हामी सबै युगसापेक्ष परिवर्तनको प्रतीक्षामा छौं।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कुमार दाहाल
लेखकबाट थप
राजनीतिमा नअटाएको तेस्रो पुस्ता
संघीय निजामती सेवा ऐन किन आएन ?
नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
‘राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो’ : गगन थापा शनिबार, साउन २, २०८३
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शनिबार, साउन २, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने? शनिबार, साउन २, २०८३
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतले दिएका यी चार आधार शुक्रबार, साउन १, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
गैरआवासीय नेपालीका लागि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न परराष्ट्र मन्त्रालयको आग्रह शुक्रबार, साउन १, २०८३
एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ: ओली शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्