• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?

64x64
कुमार दाहाल बुधबार, भदौ १५, २०७९  १९:२६
1140x725

नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ, अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ, निर्वाचन महंगो हुन्छ, पद्दति अस्थिर बन्छ, न्यायालय स्वतन्त्र हुँदैन, कर्मचारीतन्त्र निरीह बन्छ। नेता, प्रशासक, व्यापारी, व्यवसायी, समाज, पत्रकार, कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र पद्दतिको फाइदा लिन थाल्छन्। ती अवसर के–के हुन सक्छन्? कस्ता–कस्ता ठाउँमा अवसर छन्? अवसरलाई प्राप्त गर्ने औजारहरू के–के हुन सक्छन्? ती विषयहरूलाई हेरौं! 

बजार : 
बजारमा भ्रष्टाचार देखिँदैन तर हुन्छ। बजार भ्रष्टचारको मुख्य स्रोत हो। व्यापारी, व्यवसायी, स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ। यहीँबाट भ्रष्टचारको सोच सुरु हुन्छ र सिंहदरबारसम्म पुग्छ। बजारमा एकाधिकार छ, कार्टेलिङ छ, प्रतिस्पर्धा कम छ। उपभोक्ता सचेत नहुँदा नाफाखोरी बढेको छ।

विद्यार्थीको महिनाको शुल्क जति लिन सक्यो त्यति लिँदा हुन्छ। साधारण उपचार गर्न सर्वसाधारणले सक्दैनन्, मूल्यवृद्धि दोहोरो अंकमा छ। डाक्टर, इन्जिनियर पढाउन श्रमको मूल्यले पुग्दैन। भाडा चर्को छ, महंगो छ। आफ्नो आम्दानीभन्दा जीविका-लागत बढी भएपछि सो प्राप्त गर्न मानिसले भ्रष्टाचार गर्छ, अनियमितता गर्छ। अनियमितता भ्रष्टाचार गरेको पैसा बजारमा तिर्छ, बजारमा जति बुझाए पनि कम हुन्छ।

यसको अवसर नपाउने जनताले शिक्षा स्वास्थ्य आवश्यकताका लागि महंगो मूल्य तिर्छन्। तर, जनतालाई थाहा हुँदैन, भ्रष्टाचारको मुख्य स्रोत बजार हो- उनीहरु भन्छन् महंगी बढ्यो। तर, यसको अर्थ बजार भ्रष्टाचारबाट पालित छ। निगरानीमा छैन। उद्योग, आपूर्ति, यातायात, शिक्षा, स्वास्थ्य लगायतका सरकारी निकायहरु बजारको कमजोरी नियन्त्रण गर्न प्रभावकारी देखिएनन्। बजार र सरकारी निकायकै बीचमा मिलेमतो पनि देखिन्छ। 

यसबाट बजारको भ्रष्टाचार बढ्दै जान्छ। जसले सरकारी भ्रष्टाचारलाई प्रोत्सान गरिरहन्छ। जति नाफा लिए पनि हुन्छ बजारमा, कानुनले छुँदैन- छोएका पनि उम्किन्छन्। जबसम्म बजार स्वचालित, व्यवस्थित गर्न सकिँदैन। तबसम्म सिंहदरबारहरुको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन।

राजनीति : 
‘व्यक्तिगत सम्पत्ति र स्वार्थले राजनीतिलाई भ्रष्ट बनाउँछ’ - नेल्सन मन्डेला। 
‘पद राजनीति र शक्ति एकै व्यक्तिमा भएमा व्यक्ति भ्रष्ट बन्छ।’
यो नेपालमा चरितार्थ छ।

राजनीति महंगो हुँदैछ, पैसा खर्च नगरी चुनाव जितिँदैन। निष्ठाको राजनीति हराउँदै गएको छ। व्यापारीको चन्दा, कर्मचारीको सहयोग नेतालाई भएपछि अवसर दिनैपर्योन। मन्त्री-मेयर भएपछि ठेक्कापट्टा, लाइसेन्स, खरीदबिक्री, सरुवा, बढुवामा कमाउने अवसर प्राप्त हुन्छ भन्ने धारणा बढ्यो। र यसैका लागि पछि लाग्ने कर्मचारी, व्यापारी प्रशासक थुप्रै छन्। कानुनले अधिकार दिएको हो- अवसर होइन।

ठूला पद, मन्त्री र नेता भ्रष्टाचारको मुद्दाबाट उम्कन्छन्। राजनीति, भ्रष्टाचारको अवसर दिने मूल थलो बन्दैछ। जबसम्म राजनीति कठोर हुँदैन, अनुशासित हुँदैन, तबसम्म भ्रष्टाचार घट्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

कर्मचारीतन्त्र : 
‘कर्मचारीतन्त्र सरकारभन्दा राम्रो हुन सक्दैन।’

ठेक्कापट्टा, खरिदबिक्रीको प्रतिशत आफूले लिएपछि नेतालाई दिनै पर्यो। नभए राम्रो ठाउँमा सरुवा हुँदैन र कमाउने अवसर प्राप्त हुँदैन।सवारीसाधनको लाइसेन्स खुल्लमखुल्ला खरीद बिक्रीमा छ, वैदेशिक रोजगारमा अनलाईन प्रणाली छ- तर पैसा नभै अनलाइन खुल्दैन, होल्डिङमा बस्छ, अतिरिक्त पैसा दिएपछि खुलिहाल्छ। 

व्यवसायीले कोटा किन्छन् र अढाई देखि तीन लाख सम्ममा श्रमिकलाई कोटा बिक्री गर्छन्। देख्न मात्र मेनपावर, भित्रभित्र मान्छेको व्यापार हुन्छ। यसमा कर्मचारी र राजनीति नेता दुवै मिल्छन्। एयरपोर्टबाट श्रम स्वीकृति बिना कामदार पठाउने ठूलै धन्दा छ, ठगी कसले हेर्ने? घरदेखि होटलसम्म पुग्छ यो अवसर। कर्मचारीलाई पनि थाहा छ। 

मालपोतमा पूँजीगत लाभांश करको हिसाबकिताब कसले राख्ने? जग्गा कित्ताकाट गर्नै पर्दैन। अंशवण्डा गर्नेको नाता पनि मिल्दैन तर अंशवण्डा हुन्छ। कित्ताकाट रोकियो तर यसैमा भ्रष्टचार बढी अवसर प्राप्त छ। सार्वजनिक जग्गा दर्ता हुन्छन्। सरकारी सम्पत्ति कानुनविपरीत लिजमा जान्छन्। पैसा दिने व्यापारी जतिपनि छन्।

यी सबैको साँठगाँठमा राजनीति र कर्मचारी दुबैकाे काम बन्छ। यातायात, राहदानी, खानेपानी, सञ्चार, लाइसेन्स लिने, दर्ता-नवीकरण, खरिद बिक्री सबैमा यो अवसर प्राप्त छ। यो अवसर कागजमा देखिंदैन, तर जनताले भोगेका छन्। यस्तै ठाउँमा सरुवा हुन पैसा तिर्नुपर्छ, राम्रा र अनुभवी कर्मचारी सेवा प्रवाह बिन्दुमा कमै पुग्छन्। किनकि त्यहाँ दुबै अवसर प्राप्त हुन्छ- माथि पाल्ने र आफू पालिने।

पत्रकार जगत : 
पत्रकारहरुलाई थाहा हुन्छ- कसलाई उठाउनुपर्छ र कसलाई पछार्नुपर्छ। उनीहरुलाई भ्रष्टाचारको विषयमा थाहा हुनसक्छ, तर भन्दैनन्। कतिपय भनी साध्य छैन भन्छन् र भन्दैनन्। कतिपय अवसर प्राप्त हुन्छ र भन्दैनन्। विज्ञापन, वृत्तचित्र, सहयोग, सम्बन्धले लेख्दैनन्। भ्रष्टाचार गर्नेहरु कति उचाईमा छ त्यो हेरेर उनीहरु लेख्छन् र कहिलेकाहीं लेख्दैनन्। राजनीतिक आस्था र सम्बन्धका आधारमा सूचना लुकाउँछन्, लुकाउनुपर्ने सूचना देखाइदिन्छन्। सोसल मीडियाहरुको कति विश्वास गर्नु?

पत्रकारहरू राजनीतिमा विभाजित छन्। कर्मचारीतन्त्रबाट पालित पनि छन्। उनीहरु मनपरेको कसैको प्रशंसा गर्छन् जो प्रशंसा योग्य हुँदैनन्। इमान्दार पत्रकार पनि छन्। इमान्दारिताको आवाज शब्दमा मात्र सीमित हुन्छ। जो कराउँछन्, चिच्याउँछन्- उनीहरूको आवाज सिंहदरबारसम्म पुग्छ र कहिलेकाहीँ अवसर मिल्छ। यो अवसरले भ्रष्टाचारलाई थप बल पुर्‍याएको छ।

समाज : 
समाजले पैसालाई इज्जत मान्छ, श्रम नगरी पैसा प्राप्त गर्नुलाई चतुर्‍याइँ ठान्छ। विवाह, व्रतबन्ध, न्वारन, जन्मोत्सव, विवाहोत्सव दशैं, तिहार, तीज महंगो हुँदै गएको छ। पार्टी प्यालेस फस्टाएका छन्, विलासिता बढेर गएको छ। सोझो र इमान्दारको समाजमा कदर छैन।

महंगा गाडी, घरजग्गा, सहरप्रतिको आकर्षण बढेर गयो। प्रतिस्पर्धाले व्यक्ति छोटो बाटोबाट सम्पत्ति कमाउन उत्साहित छ। यसले सार्वजनिक, निजी सबै क्षेत्रमा अनियमितता बढाएको छ, भ्रष्टाचार बढेको छ। तर यही भ्रष्टाचारले समाजको सीमान्त वर्गलाई महंगीमा धकेलीरहेको छ।

नागरिक संयन्त्र र बाह्य सहयोग : 
भ्रष्टाचार विरुद्धमा नागरिक समाजको एउटै स्वर छैन। यी पनि आफ्नै बौद्धिक दर्शन र राजनीतिमा विभाजित छन्। उपभोक्ता समिति ठेक्कापट्टा गर्न थाले। निगरानी पैसामा बिक्यो। स्थानीय निर्माण सेवाहरु कमसल बने। परामर्शदाताहरुले लिने रकममा कमिसनको जालो पसेको छ।

यसले राजनीति र कर्मचारीतन्त्रलाई लोभ्याउँछ। अहिले प्रदेश, पालिकाहरुमा यो रोग सरेको छ। आफ्नो काम गर्नुभन्दा यस्तैको पछि लाग्नमा कर्मचारीले फाइदा देख्न थालेका छन्। अघोषितरुपमा यो भ्रष्टाचारको अवसर बन्दैछ। विश्व बैंक, एडीबी, बहुपक्षीय ठूला सहयोग र सम्झौतामा सानालाई के अवसर प्राप्त होला र? आकाशको फल आँखा तरी मर्।

दलाल : 
दलालहरूको कुनै भेष, भाषा, धर्म, संस्कृति, जात हुँदैन। ठेक्कापट्टा, औषधि खरीद, जग्गा लीज, आयात निर्यात, सम्झौता सबैमा यिनीहरुको मजबूत पकड छ। किचनदेखि कोठासम्म उनीहरूको उपस्थिति हुन्छ। ठूला नियुक्तिदेखि पजनीसम्मका रकमकलम यिनीहरुलाई थाहा छ। भ्रष्टाचारको अवसर जुटाउनेदेखि देखाउनेसम्म दलालहरुले गर्छन्।अहिलेको राजनीति र प्रशासन यसैको चंगुलमा फँसेको छ।

किसान, विद्यार्थी, जनता भ्रष्टाचार गर्दैनन् तर भ्रष्टाचारको मारमा परेका छन्। जबसम्म भ्रष्टाचार र अनियमितता विरुद्धका कानुन पूर्ण कार्यान्वयन हुँदैनन् तबसम्म यो अवसर सरकार र गैरसरकारी दुबैमा बढिरहन्छ। कानुनको शासनले नै भ्रष्टाचार निर्मूल गर्छ। कानुनले दुबै अवसर दिन्छ- दण्ड, सजाय र पुरस्कार, सदाचार। भ्रष्टाचारको अवसरलाई कानुनको शासनले मात्र नियन्त्रण गर्न सक्छ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कुमार दाहाल
लेखकबाट थप
राजनीतिमा नअटाएको तेस्रो पुस्ता
संघीय निजामती सेवा ऐन किन आएन ?
नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्