• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?

64x64
कुमार दाहाल बुधबार, भदौ १५, २०७९  १९:२६
1140x725

नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ, अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ, निर्वाचन महंगो हुन्छ, पद्दति अस्थिर बन्छ, न्यायालय स्वतन्त्र हुँदैन, कर्मचारीतन्त्र निरीह बन्छ। नेता, प्रशासक, व्यापारी, व्यवसायी, समाज, पत्रकार, कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र पद्दतिको फाइदा लिन थाल्छन्। ती अवसर के–के हुन सक्छन्? कस्ता–कस्ता ठाउँमा अवसर छन्? अवसरलाई प्राप्त गर्ने औजारहरू के–के हुन सक्छन्? ती विषयहरूलाई हेरौं! 

बजार : 
बजारमा भ्रष्टाचार देखिँदैन तर हुन्छ। बजार भ्रष्टचारको मुख्य स्रोत हो। व्यापारी, व्यवसायी, स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ। यहीँबाट भ्रष्टचारको सोच सुरु हुन्छ र सिंहदरबारसम्म पुग्छ। बजारमा एकाधिकार छ, कार्टेलिङ छ, प्रतिस्पर्धा कम छ। उपभोक्ता सचेत नहुँदा नाफाखोरी बढेको छ।

विद्यार्थीको महिनाको शुल्क जति लिन सक्यो त्यति लिँदा हुन्छ। साधारण उपचार गर्न सर्वसाधारणले सक्दैनन्, मूल्यवृद्धि दोहोरो अंकमा छ। डाक्टर, इन्जिनियर पढाउन श्रमको मूल्यले पुग्दैन। भाडा चर्को छ, महंगो छ। आफ्नो आम्दानीभन्दा जीविका-लागत बढी भएपछि सो प्राप्त गर्न मानिसले भ्रष्टाचार गर्छ, अनियमितता गर्छ। अनियमितता भ्रष्टाचार गरेको पैसा बजारमा तिर्छ, बजारमा जति बुझाए पनि कम हुन्छ।

यसको अवसर नपाउने जनताले शिक्षा स्वास्थ्य आवश्यकताका लागि महंगो मूल्य तिर्छन्। तर, जनतालाई थाहा हुँदैन, भ्रष्टाचारको मुख्य स्रोत बजार हो- उनीहरु भन्छन् महंगी बढ्यो। तर, यसको अर्थ बजार भ्रष्टाचारबाट पालित छ। निगरानीमा छैन। उद्योग, आपूर्ति, यातायात, शिक्षा, स्वास्थ्य लगायतका सरकारी निकायहरु बजारको कमजोरी नियन्त्रण गर्न प्रभावकारी देखिएनन्। बजार र सरकारी निकायकै बीचमा मिलेमतो पनि देखिन्छ। 

यसबाट बजारको भ्रष्टाचार बढ्दै जान्छ। जसले सरकारी भ्रष्टाचारलाई प्रोत्सान गरिरहन्छ। जति नाफा लिए पनि हुन्छ बजारमा, कानुनले छुँदैन- छोएका पनि उम्किन्छन्। जबसम्म बजार स्वचालित, व्यवस्थित गर्न सकिँदैन। तबसम्म सिंहदरबारहरुको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन।

राजनीति : 
‘व्यक्तिगत सम्पत्ति र स्वार्थले राजनीतिलाई भ्रष्ट बनाउँछ’ - नेल्सन मन्डेला। 
‘पद राजनीति र शक्ति एकै व्यक्तिमा भएमा व्यक्ति भ्रष्ट बन्छ।’
यो नेपालमा चरितार्थ छ।

राजनीति महंगो हुँदैछ, पैसा खर्च नगरी चुनाव जितिँदैन। निष्ठाको राजनीति हराउँदै गएको छ। व्यापारीको चन्दा, कर्मचारीको सहयोग नेतालाई भएपछि अवसर दिनैपर्योन। मन्त्री-मेयर भएपछि ठेक्कापट्टा, लाइसेन्स, खरीदबिक्री, सरुवा, बढुवामा कमाउने अवसर प्राप्त हुन्छ भन्ने धारणा बढ्यो। र यसैका लागि पछि लाग्ने कर्मचारी, व्यापारी प्रशासक थुप्रै छन्। कानुनले अधिकार दिएको हो- अवसर होइन।

ठूला पद, मन्त्री र नेता भ्रष्टाचारको मुद्दाबाट उम्कन्छन्। राजनीति, भ्रष्टाचारको अवसर दिने मूल थलो बन्दैछ। जबसम्म राजनीति कठोर हुँदैन, अनुशासित हुँदैन, तबसम्म भ्रष्टाचार घट्दैन।

Ncell 2
Ncell 2

कर्मचारीतन्त्र : 
‘कर्मचारीतन्त्र सरकारभन्दा राम्रो हुन सक्दैन।’

ठेक्कापट्टा, खरिदबिक्रीको प्रतिशत आफूले लिएपछि नेतालाई दिनै पर्यो। नभए राम्रो ठाउँमा सरुवा हुँदैन र कमाउने अवसर प्राप्त हुँदैन।सवारीसाधनको लाइसेन्स खुल्लमखुल्ला खरीद बिक्रीमा छ, वैदेशिक रोजगारमा अनलाईन प्रणाली छ- तर पैसा नभै अनलाइन खुल्दैन, होल्डिङमा बस्छ, अतिरिक्त पैसा दिएपछि खुलिहाल्छ। 

व्यवसायीले कोटा किन्छन् र अढाई देखि तीन लाख सम्ममा श्रमिकलाई कोटा बिक्री गर्छन्। देख्न मात्र मेनपावर, भित्रभित्र मान्छेको व्यापार हुन्छ। यसमा कर्मचारी र राजनीति नेता दुवै मिल्छन्। एयरपोर्टबाट श्रम स्वीकृति बिना कामदार पठाउने ठूलै धन्दा छ, ठगी कसले हेर्ने? घरदेखि होटलसम्म पुग्छ यो अवसर। कर्मचारीलाई पनि थाहा छ। 

मालपोतमा पूँजीगत लाभांश करको हिसाबकिताब कसले राख्ने? जग्गा कित्ताकाट गर्नै पर्दैन। अंशवण्डा गर्नेको नाता पनि मिल्दैन तर अंशवण्डा हुन्छ। कित्ताकाट रोकियो तर यसैमा भ्रष्टचार बढी अवसर प्राप्त छ। सार्वजनिक जग्गा दर्ता हुन्छन्। सरकारी सम्पत्ति कानुनविपरीत लिजमा जान्छन्। पैसा दिने व्यापारी जतिपनि छन्।

यी सबैको साँठगाँठमा राजनीति र कर्मचारी दुबैकाे काम बन्छ। यातायात, राहदानी, खानेपानी, सञ्चार, लाइसेन्स लिने, दर्ता-नवीकरण, खरिद बिक्री सबैमा यो अवसर प्राप्त छ। यो अवसर कागजमा देखिंदैन, तर जनताले भोगेका छन्। यस्तै ठाउँमा सरुवा हुन पैसा तिर्नुपर्छ, राम्रा र अनुभवी कर्मचारी सेवा प्रवाह बिन्दुमा कमै पुग्छन्। किनकि त्यहाँ दुबै अवसर प्राप्त हुन्छ- माथि पाल्ने र आफू पालिने।

पत्रकार जगत : 
पत्रकारहरुलाई थाहा हुन्छ- कसलाई उठाउनुपर्छ र कसलाई पछार्नुपर्छ। उनीहरुलाई भ्रष्टाचारको विषयमा थाहा हुनसक्छ, तर भन्दैनन्। कतिपय भनी साध्य छैन भन्छन् र भन्दैनन्। कतिपय अवसर प्राप्त हुन्छ र भन्दैनन्। विज्ञापन, वृत्तचित्र, सहयोग, सम्बन्धले लेख्दैनन्। भ्रष्टाचार गर्नेहरु कति उचाईमा छ त्यो हेरेर उनीहरु लेख्छन् र कहिलेकाहीं लेख्दैनन्। राजनीतिक आस्था र सम्बन्धका आधारमा सूचना लुकाउँछन्, लुकाउनुपर्ने सूचना देखाइदिन्छन्। सोसल मीडियाहरुको कति विश्वास गर्नु?

पत्रकारहरू राजनीतिमा विभाजित छन्। कर्मचारीतन्त्रबाट पालित पनि छन्। उनीहरु मनपरेको कसैको प्रशंसा गर्छन् जो प्रशंसा योग्य हुँदैनन्। इमान्दार पत्रकार पनि छन्। इमान्दारिताको आवाज शब्दमा मात्र सीमित हुन्छ। जो कराउँछन्, चिच्याउँछन्- उनीहरूको आवाज सिंहदरबारसम्म पुग्छ र कहिलेकाहीँ अवसर मिल्छ। यो अवसरले भ्रष्टाचारलाई थप बल पुर्‍याएको छ।

समाज : 
समाजले पैसालाई इज्जत मान्छ, श्रम नगरी पैसा प्राप्त गर्नुलाई चतुर्‍याइँ ठान्छ। विवाह, व्रतबन्ध, न्वारन, जन्मोत्सव, विवाहोत्सव दशैं, तिहार, तीज महंगो हुँदै गएको छ। पार्टी प्यालेस फस्टाएका छन्, विलासिता बढेर गएको छ। सोझो र इमान्दारको समाजमा कदर छैन।

महंगा गाडी, घरजग्गा, सहरप्रतिको आकर्षण बढेर गयो। प्रतिस्पर्धाले व्यक्ति छोटो बाटोबाट सम्पत्ति कमाउन उत्साहित छ। यसले सार्वजनिक, निजी सबै क्षेत्रमा अनियमितता बढाएको छ, भ्रष्टाचार बढेको छ। तर यही भ्रष्टाचारले समाजको सीमान्त वर्गलाई महंगीमा धकेलीरहेको छ।

नागरिक संयन्त्र र बाह्य सहयोग : 
भ्रष्टाचार विरुद्धमा नागरिक समाजको एउटै स्वर छैन। यी पनि आफ्नै बौद्धिक दर्शन र राजनीतिमा विभाजित छन्। उपभोक्ता समिति ठेक्कापट्टा गर्न थाले। निगरानी पैसामा बिक्यो। स्थानीय निर्माण सेवाहरु कमसल बने। परामर्शदाताहरुले लिने रकममा कमिसनको जालो पसेको छ।

यसले राजनीति र कर्मचारीतन्त्रलाई लोभ्याउँछ। अहिले प्रदेश, पालिकाहरुमा यो रोग सरेको छ। आफ्नो काम गर्नुभन्दा यस्तैको पछि लाग्नमा कर्मचारीले फाइदा देख्न थालेका छन्। अघोषितरुपमा यो भ्रष्टाचारको अवसर बन्दैछ। विश्व बैंक, एडीबी, बहुपक्षीय ठूला सहयोग र सम्झौतामा सानालाई के अवसर प्राप्त होला र? आकाशको फल आँखा तरी मर्।

दलाल : 
दलालहरूको कुनै भेष, भाषा, धर्म, संस्कृति, जात हुँदैन। ठेक्कापट्टा, औषधि खरीद, जग्गा लीज, आयात निर्यात, सम्झौता सबैमा यिनीहरुको मजबूत पकड छ। किचनदेखि कोठासम्म उनीहरूको उपस्थिति हुन्छ। ठूला नियुक्तिदेखि पजनीसम्मका रकमकलम यिनीहरुलाई थाहा छ। भ्रष्टाचारको अवसर जुटाउनेदेखि देखाउनेसम्म दलालहरुले गर्छन्।अहिलेको राजनीति र प्रशासन यसैको चंगुलमा फँसेको छ।

किसान, विद्यार्थी, जनता भ्रष्टाचार गर्दैनन् तर भ्रष्टाचारको मारमा परेका छन्। जबसम्म भ्रष्टाचार र अनियमितता विरुद्धका कानुन पूर्ण कार्यान्वयन हुँदैनन् तबसम्म यो अवसर सरकार र गैरसरकारी दुबैमा बढिरहन्छ। कानुनको शासनले नै भ्रष्टाचार निर्मूल गर्छ। कानुनले दुबै अवसर दिन्छ- दण्ड, सजाय र पुरस्कार, सदाचार। भ्रष्टाचारको अवसरलाई कानुनको शासनले मात्र नियन्त्रण गर्न सक्छ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कुमार दाहाल
लेखकबाट थप
राजनीतिमा नअटाएको तेस्रो पुस्ता
संघीय निजामती सेवा ऐन किन आएन ?
नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
प्रचण्ड आजै रुकुमपूर्व जाने सोमबार, माघ ५, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्