• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

स्वर्णिम वाग्ले र विश्व पौडेलले आँखा लगाएको चितवन-१ मा कस्तो छ दलीय स्थिति?

64x64
राजनीतिक ब्यूरो बुधबार, भदौ १५, २०७९  १९:३७
1140x725

काठमाडौं- नेपाली कांग्रेस निकट दुई अर्थशास्त्री स्वर्णिम वाग्ले र विश्व पौडेलले उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दिएपछि चितवन- १ ले चर्चा पाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनीहरु दुवैले मंगलबार आवेदन दिएका थिए।

सो क्षेत्रबाट यसअघि एमालेका सुरेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका थिए। २०६४ सालमा समानुपातिक तर्फबाट सभासद् बनेका पाण्डे २०७० र २०७४ मा भने प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए। एमालेका उपाध्यक्ष समेत रहेका उनी २०६६ सालमा अर्थमन्त्री भएका थिए।

चितवन १ मा एमालेका पाण्डेसँग कांग्रेसका वाग्ले वा पौडेल जो भिडे पनि अर्थतन्त्रबारे राम्रो जानकार भएका नेताहरुबीचको भिडन्त हुनेछ।

चितवन १ सधैँ जसो एमालेका उम्मेदवार निर्वाचित हुने क्षेत्र हो। बहुदलपछि २०५६ सालमा मात्रै यस क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। नत्र, एमालेकै उम्मेदवार विजयी हुँदै आएका छन्। २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले पनि एमाले नै बलियो रहेको पुष्टि गर्छ।

चितवन १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरु पर्छन्।

स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए। रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका थिए।

Ncell 2
Ncell 2

चितवन १ मा उल्लेखित तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन्। जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ। कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका छन्।

वडा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा पनि एमाले अगाडि छ। एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मत ३९ हजार ६०६ छ। त्यस्तै, कांग्रेसले ३६ हजार ७८३, माओवादी केन्द्रले ५ हजार ५०८, राप्रपाले ४ हजार ५९० र एकीकृत समाजवादीले ४ हजार ५ मत पाएका छन्। स्वतन्त्र लगायत अन्य पार्टीका उम्मेदवारहरुले पाएको एकीकृत मत ३ हजार ३८८ छ।

सबै दलहरुले आ-आफ्नो उम्मेदवार उठाएको अवस्थामा र स्थानीय तहको निर्वाचनमा खसेको दलीय मत नै प्रतिनिधि सभा निर्वाचनमा पनि दोहोरिएमा एमालेका उम्मेदवार विजयी हुने देखिन्छ। तर, सत्ता गठबन्धनमा आबद्ध दलहरुले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरिसकेका छन्। त्यसको खाका पनि तयार गरिरहेका छन्। सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा सो क्षेत्र कांग्रेसकै भागमा पर्ने निश्चितप्रायः छ। गठबन्धनको मत सहज 'ट्रान्सफर' भएमा कांग्रेस उम्मेदवारलाई जित निकाल्न सहज हुनेछ। अर्कोतिर, एमाले उम्मेदवारलाई राप्रपाले सघाउने सम्भावना उच्च छ। त्यसो भएमा प्रतिपर्स्धा थप कडा हुनेछ।

तर संसदीय निर्वाचनका सन्दर्भमा थप विषय पनि चर्चायोग्य हुने गर्छ। पहिलो त, पाण्डे स्वयं चर्चित नेता हुन् र सो क्षेत्रबाट विजयी हुँदै आएका छन्। त्यसैले त्यहाँका हावापानीसँग उनको साइनो गहिरो छ। जुन विषय उनलाई निर्वाचनका जित्नका लागि सहज हुनसक्छ। उनी आर्थिक वा अन्य विवादमा फसेका नेता पनि होइनन्। निष्कलंकित नेता हुनुको लाभ पनि उनलाई पुग्न सक्छ। अर्कोतिर, तत्कालीन नेकपाभित्रको विवादका बेलामा उनले खेलेको सक्रिय भूमिकाको एक पक्षबाट प्रशंसा भए पनि अर्को पक्षबाट आलोचना भएको थियो। आलोचना गर्ने पक्षले उनका प्रति तुष राखेका रहेछन् भने उनलाई मत नखस्न सक्छ।

कांग्रेसबाट चर्चामा रहेका दुई अर्थशास्त्री वाग्ले वा पौडेलमध्ये एकले नै टिकट पाएमा त्यस क्षेत्रमा नयाँ खालका बहस सिर्जना हुने निश्चित छ। पढेलेखेका र अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्ति चुनाव लड्दैछन् भने त्यसले मतदातामा नयाँ खालको तरंग सिर्जना गर्ने निश्चित छ। त्यो तरंग सकारात्मक नै रहन सक्यो भने संसद्‌मा नयाँ व्यक्तिको प्रवेश हुन पनि सक्छ।

यद्यपि, निर्वाचन भनेको राजनीतिकसँगै प्राविधिक विषय पनि हो। नयाँ प्रतिस्पर्धीले आफ्नो व्यक्तित्वको लाभ जति उठाउन सक्छन्, प्राविधिक तिकडम गर्न नजान्दा खराब नतिजा भोग्न पनि सक्छन्। तैपनि, अर्थका ज्ञाताहरुबीच प्रतिस्पर्धा भएमा चितवन १ चासोसाथ हेरिने क्षेत्र नै हुनेछ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १९:३७
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत, पुस २३ गते उम्मेदवारी दर्ता हुने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४... बुधबार, मंसिर १७, २०८२
दल दर्ताको समय चार दिन थपियो निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्