• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

स्वर्णिम वाग्ले र विश्व पौडेलले आँखा लगाएको चितवन-१ मा कस्तो छ दलीय स्थिति?

64x64
राजनीतिक ब्यूरो बुधबार, भदौ १५, २०७९  १९:३७
1140x725

काठमाडौं- नेपाली कांग्रेस निकट दुई अर्थशास्त्री स्वर्णिम वाग्ले र विश्व पौडेलले उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दिएपछि चितवन- १ ले चर्चा पाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनीहरु दुवैले मंगलबार आवेदन दिएका थिए।

सो क्षेत्रबाट यसअघि एमालेका सुरेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका थिए। २०६४ सालमा समानुपातिक तर्फबाट सभासद् बनेका पाण्डे २०७० र २०७४ मा भने प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए। एमालेका उपाध्यक्ष समेत रहेका उनी २०६६ सालमा अर्थमन्त्री भएका थिए।

चितवन १ मा एमालेका पाण्डेसँग कांग्रेसका वाग्ले वा पौडेल जो भिडे पनि अर्थतन्त्रबारे राम्रो जानकार भएका नेताहरुबीचको भिडन्त हुनेछ।

चितवन १ सधैँ जसो एमालेका उम्मेदवार निर्वाचित हुने क्षेत्र हो। बहुदलपछि २०५६ सालमा मात्रै यस क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। नत्र, एमालेकै उम्मेदवार विजयी हुँदै आएका छन्। २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले पनि एमाले नै बलियो रहेको पुष्टि गर्छ।

चितवन १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरु पर्छन्।

स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए। रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

चितवन १ मा उल्लेखित तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन्। जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ। कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका छन्।

वडा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा पनि एमाले अगाडि छ। एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मत ३९ हजार ६०६ छ। त्यस्तै, कांग्रेसले ३६ हजार ७८३, माओवादी केन्द्रले ५ हजार ५०८, राप्रपाले ४ हजार ५९० र एकीकृत समाजवादीले ४ हजार ५ मत पाएका छन्। स्वतन्त्र लगायत अन्य पार्टीका उम्मेदवारहरुले पाएको एकीकृत मत ३ हजार ३८८ छ।

सबै दलहरुले आ-आफ्नो उम्मेदवार उठाएको अवस्थामा र स्थानीय तहको निर्वाचनमा खसेको दलीय मत नै प्रतिनिधि सभा निर्वाचनमा पनि दोहोरिएमा एमालेका उम्मेदवार विजयी हुने देखिन्छ। तर, सत्ता गठबन्धनमा आबद्ध दलहरुले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरिसकेका छन्। त्यसको खाका पनि तयार गरिरहेका छन्। सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा सो क्षेत्र कांग्रेसकै भागमा पर्ने निश्चितप्रायः छ। गठबन्धनको मत सहज 'ट्रान्सफर' भएमा कांग्रेस उम्मेदवारलाई जित निकाल्न सहज हुनेछ। अर्कोतिर, एमाले उम्मेदवारलाई राप्रपाले सघाउने सम्भावना उच्च छ। त्यसो भएमा प्रतिपर्स्धा थप कडा हुनेछ।

Xtrem

Xtrem

तर संसदीय निर्वाचनका सन्दर्भमा थप विषय पनि चर्चायोग्य हुने गर्छ। पहिलो त, पाण्डे स्वयं चर्चित नेता हुन् र सो क्षेत्रबाट विजयी हुँदै आएका छन्। त्यसैले त्यहाँका हावापानीसँग उनको साइनो गहिरो छ। जुन विषय उनलाई निर्वाचनका जित्नका लागि सहज हुनसक्छ। उनी आर्थिक वा अन्य विवादमा फसेका नेता पनि होइनन्। निष्कलंकित नेता हुनुको लाभ पनि उनलाई पुग्न सक्छ। अर्कोतिर, तत्कालीन नेकपाभित्रको विवादका बेलामा उनले खेलेको सक्रिय भूमिकाको एक पक्षबाट प्रशंसा भए पनि अर्को पक्षबाट आलोचना भएको थियो। आलोचना गर्ने पक्षले उनका प्रति तुष राखेका रहेछन् भने उनलाई मत नखस्न सक्छ।

कांग्रेसबाट चर्चामा रहेका दुई अर्थशास्त्री वाग्ले वा पौडेलमध्ये एकले नै टिकट पाएमा त्यस क्षेत्रमा नयाँ खालका बहस सिर्जना हुने निश्चित छ। पढेलेखेका र अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्ति चुनाव लड्दैछन् भने त्यसले मतदातामा नयाँ खालको तरंग सिर्जना गर्ने निश्चित छ। त्यो तरंग सकारात्मक नै रहन सक्यो भने संसद्‌मा नयाँ व्यक्तिको प्रवेश हुन पनि सक्छ।

यद्यपि, निर्वाचन भनेको राजनीतिकसँगै प्राविधिक विषय पनि हो। नयाँ प्रतिस्पर्धीले आफ्नो व्यक्तित्वको लाभ जति उठाउन सक्छन्, प्राविधिक तिकडम गर्न नजान्दा खराब नतिजा भोग्न पनि सक्छन्। तैपनि, अर्थका ज्ञाताहरुबीच प्रतिस्पर्धा भएमा चितवन १ चासोसाथ हेरिने क्षेत्र नै हुनेछ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १९:३७
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्