काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले लगनगाँठो कस्दै छन्।
उनले प्रेमिका कञ्चन निरौलासँग बुधबार विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह काठमाडौंको बालुवाटारमा रहेको सिल्भर ओक पार्टी प्यालेस हुँदै छ। किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन्।
किरणले गत साउनमा माल्दिभ्समा धिवेही प्रिमियर लिगको उपाधि जितेलगत्तै कञ्चनलाई विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए। किरणले माजिया स्पोर्ट एण्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।