काठमाडौं– प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिली युवा स्टार विंगर एन्टोनीलाई अनुबन्ध गरेको छ।
युनाइटेडले डच क्लब आयाक्सबाट २२ वर्षीय एन्टोनीलाई ९५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो।
एन्टोनी यो समरमा युनाइटेडमा अनुबन्ध हुने पाँचौ खेलाडी बनेका छन्। यसअघि युनाइटेडले क्रिस्टियन एरिक्सन, लिसान्द्रो मार्टिनेज, क्यासमिरो र टाएरेल मलासियालाई अनुबन्ध गरिसकेको छ।
एन्टोनीले आयाक्सका लागि ८२ खेलमा २४ गोल गरेका छन्। यस्तै, २२ असिस्ट दिएका थिए। एन्टोनी २०२० मा ब्राजिली क्लब साओ पाउलोबाट डच च्याम्पियन आयाक्समा अनुबन्धित भएका थिए।
आयाक्सको लागि ११ च्याम्पियन्स लिग खेलमा उनले ७ गोल गरेका थिए। २०२१ को अक्टोवरमा ब्राजिलको लागि डेब्यू गरेका उनलेले ९ क्याप जित्दै दुई अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।