काठमाडौं– नेपाली फिफा रेफ्री कबिन व्यन्जनकार र फिफा असिटेन्ट रेफ्री युनाल मल्लले श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपमा अफिसियलको भूमिका निर्वाह गर्ने भएका छन्।
साफ यू–१७ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने तय छ। उक्त प्रतियोगितामा व्यन्जनकार र मल्लले रेफ्रीको भूमिका निर्वाह गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
लिग कम नकआउट पद्दतिमा हुने प्रतियोगिताका लागि नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। नेपाल समूह ‘बी’मा रहेको छ। नेपाल रहेको समूह भुटान र भारत छन्।
नेपालले सेप्टेम्बर ७ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै, सेप्टेम्बर ९ मा नेपालले भारतसँग खेल्ने छ। समूह चरणको समाप्तीपछि शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।