• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

झापा ३: लिङ्देन ‘हेबिवेट’ बन्दा ‘रेड जोन’ मा सिटौला

64x64
राजनीतिक ब्यूरो बुधबार, भदौ १५, २०७९  ०७:५४
1140x725

काठमाडौं– मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लिएर चर्चामा रहेका क्षेत्रमध्ये झापा क्षेत्र नम्बर ३ पनि एक हो। राष्ट्रिय राजनीतिका दुई ‘हेबिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएका कारण झापा क्षेत्र नम्बर ३ चर्चामा छ। 

२०७४ सालको जस्तै यसपटक पनि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने लगभग निश्चित छ। 

सत्ता गठबन्धनका दलहरुले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलका संयोजक समेत रहेका सिटौलाको दाबेदारी झापा ३ मै छ। गठबन्धनबाट उनको दाबीलाई चुनौती दिने अर्को पात्र अहिलेसम्म देखिएका छैनन्। त्यसैले गठबन्धनको साझा उम्मेदवार बनेर सिटौला २०७४ सालको चुनावमा बेहोरेको हारको ‘बदला’ लिने योजनामा छन्। 

सांगठनिक राजनीतिमा ‘छलाङ’ मारेर राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका लिङ्देन पनि २०७४ सालको जितलाई दोहोर्‍याउने योजनामा छन्।   

तर, जितका लागि यी दुवै नेतालाई त्यति ‘सहज’ भने छैन। लिङ्देनका लागि सत्ता गठबन्धन ठूलो चुनौती बन्ने  यथार्थ छ भने सिटौलाका लागि पनि कम चुनौती छैन। अझ एमाले र राप्रपाबीच तालमेल भयो भने सिटौला ‘रेड जोन’ मा पर्ने तथ्यले देखाउँछ। 

२०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट लिङ्देनले सिटौलालाई १३ हजार बढीको मतान्तरले पराजित गरेका थिए। सिटौलाले ३१ हजार १७१ मत ल्याउँदा लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए। यद्यपि लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको सहयोग रहेको थियो।

यो क्षेत्रको सम्भावित नतिजालाई लिएर २ कोणबाट विश्लेषण गर्न आवश्यक छ। 

पहिलो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण र दोस्रो, यहाँको राजनीतिक समीकरणले निर्माण गर्ने चुनावी माहोल।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण
झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ। यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर स्थितिमा छ।

यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो दल देखिन्छ। यसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १५९ मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा यी ४ राजनीतिक पार्टी दुई ध्रुवमा बाँडिने निश्चित छ। पहिलो वर्तमान सत्ता गठबन्धन,जसमा कांग्रेस र माओवादी केन्द्र रहेका छन् भने एमाले र राप्रपाको समीकरण बन्न सक्ने सम्भावना प्रबल छ। उपरोक्त मत परिणामलाई आधार मान्ने र एमाले–राप्रपा गठबन्धन बनेमा लिङ्देनको संसद यात्रा दोहोरिने सम्भावना बलियो छ। 

यो सँगै झापा ५ बाट उम्मेदवारी दिन लागेका एमाले अध्यक्ष केपी ओली राप्रपासँग गठबन्धन गरेर बलियो बन्ने मार्गमा छन् र त्यसको बदलामा झापा ३ मा लिङ्देनलाई एमालेले सहयोग गर्ने स्थिति बन्ने देखिन्छ।

Xtrem

Xtrem

यस्तो अवस्थामा सिटौलाको संसदीय राजनीतिमा फेरि पूर्णविराम लाग्नसक्ने छ, जसकारण  सिटौला ‘रेड जोन’ मा रहेका र कमजोर सम्भावना बोकेका उम्मेदवार बनेका छन्। 

उदाउँदा लिङ्देन, कमजोर बनिरहेका सिटौला
२०७८ मा भएको महाधिवेशनबाट लिङ्देन राप्रपाको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन्। यता सिटौला भने कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई पार्टी सभापतिको उम्मेदवारीमा सहयोग गरेर शक्ति संचयमा लागेका नेता हुन्। तर सिटौलाले सोचे अनुसारको शक्ति प्राप्त गर्न सकेनन्।

सिटौलालाई चिन्ने झापाकै नेता पनि उनका लागि सक्रिय राजनीति अब झन् झन् गाह्रो बन्दै गइरहेको बताउँछन्। ‘उहाँ (सिटौला) का लागि पार्टी र संसदीय राजनीति दुवै गाह्रो बन्दै गइरहेको छ। संगठनमा पनि शक्ति संचय गर्नसक्नुभएन। कार्यकर्ताले नै उहाँमा सम्भावना नदेख्ने भएपछि संसदीय राजनीतिमा पनि त्यसको असर पर्छ,’ सिटौलालाई लामो समयदेखि चिनेका झापाका ती नेताको भनाइ छ।    

तर, लिङ्देनको प्रभाव भने झन् बढ्दो छ। नयाँ संविधान जारी भएपछि भएको पहिलो स्थानीय तहको निर्वाचनभन्दा यसपटकको निर्वाचनमा राप्रपाले मत बढाउँदै लगेको छ। त्यसलाई लिङ्देनको प्रत्यक्ष प्रभावका रुपमा अर्थ्याउँछन् झापाका एक पत्रकार। उनी भन्छन्, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा २०७९ सालको निर्वाचनमा राप्रपाको मत बढेको छ। यो भनेको लिङ्देनको प्रभाव बढेको हो।’

शर्मालाई रोक्दा आफैँ खिइँदै सिटौला
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सिटौलाको निर्वाचन क्षेत्र जोडिएको छ। शर्मा झापा क्षेत्र नम्बर १ र सिटौला क्षेत्र नम्बर ३ का ‘स्थायी उम्मेदवार’ जस्तै रहेको र रहने परिस्थिति संघीयता लागू हुँदाको बेला थियो, र अहिले पनि छ। 

संघीयता लागू भएर स्थानीय तहको सीमाङ्कन हुँदासम्म सिटौला पार्टी र राष्ट्रिय राजनीतिमा प्रभावशाली थिए। सिटौलाले त्यो बेला ‘बद्‌नियत’ का साथ आफ्नो क्षेत्रमा पर्ने भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० शर्माको निर्वाचन क्षेत्रमा गाभिदिएकाे झापाका कांग्रेस नेताहरु बताउँछन्। 

 

झापाली नेताहरुका अनुसार यसो गर्नुका पछाडि २ कारण थिए– पहिलो, वामपन्थी मतदाता बहुल्य ती वडा हटाएसँगै सिटौला आफ्नो जित निश्चित गर्न चाहन्थे। दोस्रो, वामपन्थी मत उता (क्षेत्र नम्बर १ मा) पर्दा शर्माको हार निश्चित भइरहन्थ्यो, सधैंका लागि। 

त्यसो त सिटौलाले शर्मालाई झापा पार्टी सभापतिमै रोकेका थिए। विद्यार्थी राजनीतिबाट राष्ट्रियस्तरमा चर्चा बटुलेर पार्टीको जिल्ला सभापति उठ्न झापा पुगेका शर्मालाई सिटौलाको टिमले रोकेको थियो।

त्यस्तै, पार्टीको १४औं महाधिवेशन अघि देउवा समूहमा रहेका शर्मालाई रोक्न सिटौला देउवा समूहमा प्रवेश गरेका पनि नेताहरुबीच चर्चा हुने गर्छ।  

सिटौलाको आगमनसँगै शर्मा कित्ता फेरेर प्रकाशमान सिंहको समूहमा पुगेका थिए। दुवै कित्तामा नलागेका झापाका कांग्रेसीलाई पनि सिटौलाको उक्त व्यवहार बिझेको छ। झापामा कांग्रेस कमजोर हुनुमा सिटौलाको भूमिका ‘महत्त्वपूर्ण’ रहेको बताउँछन् कांग्रेसका अर्का एक नेता। 

‘विश्वदाईका खुट्टा तान्दातान्दै उहाँ (सिटौला) ले आफू खिइएको थाहा पाउनुभएन। उहाँकै कारण जिल्लामा पार्टी पनि कमजोर हुँदै गयो,’ ती नेताको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०७:५४
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्