काठमाडौं– एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा भलेन्सियालाई पराजित गरेको छ।
सोमबार राति सम्पन्न खेलमा एटलेटिकोले भलेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो।
एट्लेटिको जितमा खेलको ६६औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरेको गोल नै निर्णायक बनेको थियो।
एट्लेटिकोको यस सिजनमा यो दोस्रो जित हो। एट्लेटिकोले यस सिजनमा खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ।
एट्लेटिको ६ अंकको साथ ७औं स्थानमा रहेको छ। त्यस्तै, पराजित भलेन्सिया ३ अंकको साथ १४औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।