काठमाडौं– कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
नेवारी समुदायको आस्थामा चोट पुर्याउने गरी कमेडी (व्यंग) गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सिंहलाई पक्राउ गरेको थियो।
मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा उल्लेख भएको सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। उक्त कसुरमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।
कमेडी क्याफे नामक युट्युब च्यानलमार्फत्उ नले गरेको कमेडी सार्वजनिक भएको थियो। उक्त कमेडी विवादमा परेपछि उनले माफी माग्दै हटाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।