काठमाडौं– श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले २४ सदस्सीय टोलीको घोषणा गरेको छ।
आइतबार यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेका हुन्। नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा भुटानको सामना गर्नेछ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा भारत र भुटान रहेको छन्। नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ। यस्तै, दोस्रो खेल भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ।
समूह ‘ए’मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ।
नेपाली टोली -
गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।