काठमाडौं– नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार श्रेष्ठलाई टिम व्यवस्थापकमा नियुक्त गरेको जनाएको छ।
एन्फाका महासचिव किरण राईले व्यवस्थापक श्रेष्ठलाई नियुक्तिपत्र प्रदान गरेका थिए। श्रेष्ठले यसअघि ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबको व्यवस्थापक रहेर काम गरिसकेका छन्।
व्यवस्थापक नियुक्ति भएपछि बोल्दै श्रेष्ठले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताए। श्रेष्ठले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टिम व्यवस्थापकको रुपमा काम गर्नेछन्।
नेपालले असोज ११ गते बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ। यसअघि नेपालको टिम व्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।