काठमाडौं– वैदेशिक रोजगारीका लागि दुबई पठाउने भन्दै ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ गोपिगञ्जका ३४ वर्षीय भोजबहादुर चौधरी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भदौ १० गते सामाखुसीबाट पक्राउ गरेको हो।
नरबहादुर बस्नेतसहितका व्यक्तिलाई दुबई जानका लागि प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने भन्दै रकम लिएर ठगी गरेको पाइएको छ।
दुबईमा आर्म्स गार्डमा काम लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुनेभन्दै उनले प्रलोभन देखाएर ठगी गरेको पाइएको छ।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।