काठमाडौं– साविक विजेता एसी मिलानले इटालियन सिरी ए मा सहज जित निकालेको छ।
मिलानोमा शनिबार राति सम्पन्न खेलमा मिलानले बोलोग्नालाई २-० ले पराजित गरेको हो। मिलानको जितमा राफयल लियो र ओलिभर जिरूडले गोल गरे।
खेलको २१औं मिनेटमा राफयलको गोलबाट मिलानले सुरूआती अग्रता लिएको थियो।
त्यस्तै, ५८औं मिनेटमा लियोकै पासमा ओलिभर जिरूडले गोल गर्दै मिलानको २-० को जित सुनिश्चित गरे। जितसँगै मिलान ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित बोलोग्ना १ अंक जोडेर १७औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।