काठमाडौं– सुरूआती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा रोमासँग अंक बाँडेको छ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा युभेन्ट्सले रोमासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
युभेन्ट्सका लागि डुसन भाल्होभिचले गोल गरे। यता,रोमाका टमी अब्राहमले गोल फर्काए।
खेलको दोस्रो मिनेटमाै भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए।
२५औं मिनेटमा युभेन्ट्सका लोकाटेलीले गरेको गोलले भने मान्यता पाउन सकेन। भीएआरमा उनको गोल अफसाइड देखिएको थियो।
तर, ६९औं मिनेटमा टमीले गोल गर्दै रोमालाई हारबाट जोगाए। बराबरीसँगै युभेन्ट्सले ३ खेलमा ५ अंक ओडेको छ। युभेन्ट्स अंक तालिकाको छैटौं स्थानमा रहेको छ।
रोमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।