काठमाडौं– प्रिमियर लिग फुटबलमा आर्सनलले अपराजित यात्रा कायमै राखेको छ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न चौथो खेलमा आर्सनलले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले १/१ गोल गरे। फुलह्यामका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए।
खेलको ५६औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलह्यामलाई सुरूआती अग्रता दिलाएका थिए।
तर, ६४औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए।
त्यसपछि ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए।
जितसँगै आर्सनल शीर्षस्थानमा उक्लिएको छ। आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ। पराजित फुलह्याम ५ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।