काठमाडाैं- लिभरपुलले प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा लिभरपुलले बर्नेमाउथलाई ९–० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २/२ गोल गरे। यस्तै, हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले १/१ गोल गरे।
बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यस्तै, छैटौं मिनेटमा इलियोटले गोल गर्दा लिभरपुलको अग्रता दोब्बर बनाए।
२८औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभपुलको अग्रता ३–० को बनाए। ३१औं मिनेटमा फिर्मिन्होले गोल गर्दा लिभरपुल ४–० ले अघि रह्यो। ४५औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५–० ले अघि रह्यो।
४६औं मिनेटमा क्रिसले आत्मघाती गोल गर्दा लिभरपुल ६–० को अग्रता बनायो। ६२औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–० को अग्रता दिलाए। ८१औं मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८–० ले अघि रह्यो।
त्यसपछि ८५औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९–० को जित दिलाए। लिभरपुलको जारी लिगमा यो पहिलो जित हो।
जितसँगै लिभरपुलले ४ खेलबाट ५ अंक जोडेको छ। लिभरपुल अंक तालिकाको आठौं स्थानमा रहेको छ। पराजित बर्नेमाउथ ३ अंक ओडेर १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।