काठमाडौं– प्रिमियर लिग फुटबलमा साविक बिजेता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले जित निकालेका छन्। शनिबार राति सिटी र युनाइटेडले आ-आफ्नो खेलमा जित निकालेका हुन्।
घरेलु मैदानमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले ह्याट्रिक गरे।
यस्तै, बेर्नार्डो सिल्भाको नाममा एक गोल रह्यो। क्रिस्टल प्यालेसका जोआचिम एन्डरसनले एक गोल गर्दा सिटीका जोन स्टोन्सले एक आत्मघाती गोल गरेका थिए।
खेलमा सुरुआती अग्रता भने क्रिस्टलले लिएको थियो। खेलको चौंथो मिनेटमा स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टलले सुरुआती अग्रता बनाएको थियो।
२१औं मिनेटमा एन्डरसनले गोल गर्दै किस्टललाई २–० को अग्रता दिलाए। तर, ५३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए।
६२औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए। ७०औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३–२ को बनाए। त्यसपछि ८१औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दै सिटी ४–२ को जित दिलाए।
जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले ४ खेलमा १० अंक जोडेको छ। पराजित क्रिस्टल ४ अंक जोडेर १३औं स्थानमा रहेको छ।
त्यसअघि ब्रुनो फर्नान्डेजको निर्णायक गोलमा युनाइटेडले साउथह्याम्पटनलाई १–० गोल अन्तरले गोलअन्तरले पराजित गरेको थियो। खेलको ५५औं मिनेटमा डालोटको पासमा ब्रुनोले निर्णायक गोल गरेका थिए।
जितसँगै युनाइटेडले ४ खेलमा ६ अंक जोडेको छ। युनाइटेड अंक तालिकाको छैटौं स्थानमा रहेको छ। पराजित साउथह्याम्पटन ४ अंक ओडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।