काठमाडाैं- बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।
शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो। डर्टमण्डको जितमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक सावित भयो। उनले खेलको ३२औं मिनेटमा गोल गरेका थिए।
जितसँगै डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ। डर्टमण्ड अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। पराजित हेर्था १ अंक जोडेर १७औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।