• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लय छोड्दै तीज

64x64
रासस शनिबार, भदौ ११, २०७९  १५:०९
1140x725

चितवन– वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ। घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसंगतिविरुद्ध संगीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ।

समाजलाई सही बाटोमा हिँडाउने गीतहरू भद्दा र मजाकका वस्तुजस्तै बनेका छन्। ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ। लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन।

भरतपुर महानगरपालिका–१० सिर्जनाचोक निवासी ८६ वर्षीया विष्णुमाया गौतमलाई  उहिलेको तीजबारे सोध्दा गुनगुनाइन्, 

‘घ्यू भरेर राखे आमा फूल भरेको टिनमा
बाँचे आमा भेटौंला वर्ष दिनमा’

गुनगुनाउँदै कुराकानी सुरु गरेकी उनले पुराना गीतका अरु टुक्कासमेत गाउँदै अहिले निस्किएका गीत भने आफूले सम्झनै नसक्ने बताइन्। विष्णुमायाले भनिन्, ‘अहिलेका गीतमा मलाई खासै रुचि छैन। यी तीजका गीतजस्ता पनि छैनन्।’

अहिलेका गीतहरू सुन्दा दिक्क मान्ने उनी आफूहरूले पहिला–पहिला गाएका गीतहरु सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताउँछिन्। विष्णुमायाले भनिन्, ‘दिनभरि काम र  साँझपखको घरधन्दा सकेर गाउँका दिदिबहीनी जम्मा भइ तीज मनाउन गीत गाउने गरिन्थ्यो।’

अहिले तीज भड्किलो बन्दै गएको उल्लेख गर्दै उनी थप्छिन्, ‘घरको आँगनीबाट अहिलेको तीज पार्टीप्यालेस र होटलमा सरेका छन्।’

गाउँका घरघरमा पालैपालो गीत गाउने गरेको सम्झँदै विष्णुमायाँले गाउँका भाका र पुरानो सभ्यता हराउँदै गएकामा चिन्ता पनि व्यक्त गरिन्। उनले आफ्ना पालामा गाइने गीतका टुक्का सुनाइन्:
 
‘सयपत्री फूल फुल्यो बारीमा
टिपम् क्यारे सुनको थालीमा
भगवान्‌को सेवा गरे स्वर्गमा जान पाइन्छ
नभुलौ स्वामीराजै जन्म जालैमा’

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता गीतहरू अहिले बजारमा सुन्न नपाउँदा तीज मनाउने चलन नै फेरिएको महसुस भएको विष्णुमायाले बताइन्। पहिला तीजमा दर खाने दिन मात्रै माइत जाने गरेको सम्झँदै उनी भन्छिन्, ‘माइतबाट लिन नआए जान पाइँदैनथ्यो। बाटो टाढा हुन्थ्यो। आमाले दाइभाइलाई लिन पठाउनुहुन्थ्यो।’

अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको भरतपुर महानगरपालिका–१०  निवासी ७६ वर्षीया मनकला पन्थी बताउँछिन्। ‘समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ,’ उनले भनिन्,  ‘पहिले–पहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टी प्यालेसमा गए दर खाए आए। गीतहरूमा समेत विकृति भित्रन थालेको छ।’

गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुख दुःखका कुरा र  सासुले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमान्‌ले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उनको भनाइ छ। 

भरतपुर महानगरगरपालिका–८ निवासी ६५ वर्षीया विष्णुकुमारी रेग्मीले अहिले तीज मनाउने चलनमा धेरै परिवर्तन आएको बताइन्। एक महिनाअघिदेखि दर खाने कार्यक्रम नभएको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले समयले सिकाएको होला।’ पहिला–पहिला दर खाने दिन माइतमा गएर दर खाने गरेको स्मरण गर्दै विष्णुकुमारीले थपिन्, ‘राति आमाले पकाएर दिएको दर र  गाउँभरिका दिदी–बहिनी जम्मा भएर गीत गाउने अगाडि अहिलेको पार्टी प्यालेसमा गरिने कार्यक्रमको के रौनक।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भरतपुर महानगरपालिका–१० रिजाल चोककी ६५ वर्षीया अम्बिका धितालले पहिला–पहिला तीजमा दुःख बाँडेर मनाउने गरिएकामा अहिले रमाइलोका लागि मनाउने परिपाटी बसेको बताइन्। अहिले तीज सबै मिलेर पार्टी प्यालेसमा मनाउने गरेको, भड्किलो पनि बनेको र पुराना चलन हराउँदै गएको उनको भनाइ छ। 

दाजुभाइ–दिदीबहीनी जम्मा भएर रमाइलो गर्ने गरेको सम्झँदै उनी भन्छिन्, ‘तीजको मौलिकता हराउँदै गयो। यसलाई बचाउनेतर्फ ध्यान कसैको जान सकेन।’ तीजको दिन पानी पनि नखाई व्रत बस्नुपर्ने भएकाले अघिल्लो साँझ अबेर दरिलो हुने गरी खाने खानालाई दर भन्ने चलन छ। व्रत बस्नु २४ घण्टा अघिदेखि माछा, मासुजस्ता ‘जुठो’ वस्तु खान नहुने हुनाले घ्यू–भात, दूध, दहीजस्ता आडिला र दरिला खाना खाएर भोलिपल्ट व्रत बस्नु तीजको परम्परा रहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्