फाइल तस्बिर
काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाली पुरूष फुटबल टोली यथावत् रहेको छ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७६ औं स्थानमा यथावत् रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १७६औं स्थानमा रहेको थियो।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ। भारत १०४औं स्थानमा रहेको छ। माल्दिभ्स १५६औं स्थानमा रहेको छ।
नेपालभन्दा तल बंगलादेश १९२औं, भुटान १८६औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा रहेका छन्।
नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ। यस्तै, बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङ्ग्ल्यान्ड पाँचौ रहेका छन्।
स्पेन छैटौं, इटाली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।