काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन्। बेन्जिमाले युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले प्रदान गर्ने यो अवार्ड जितेका हुन्।
यूईएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन्।

उनले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन्।
महिलातर्फको प्लेयर अफ दी इयरको अवार्ड भने क्याटलान क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलासको पोल्टामा परेको छ।
पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकको अवार्ड गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका कार्लो एन्सेलोटीले जिते।
महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड सरिना विग्मानले जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।