काठमाडौं- जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको एकै समूहमा परेका छन्।
टर्कीको इस्तानबुलमा बिहीबार राति युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले सन् २०२२/२३ को समूह चरण विभाजन (ड्र) गरेको हो। सार्वजनिक ड्रअनुसार बायर्न र बार्सिलोना समूह सी मा परेका छन्।
यस समूहमा बायर्न र बार्सिलोनासँगै इन्टर मिलान र भिक्टोरिया प्लेजन छन्। साविक विजेता रियल मड्रिड भने समूह एफ मा परेको छ। यस समूहमा आरबी लाइप्जिग, शाख्तार डोनेस्क र सेल्टिक छन्।
समूह विभाजन यसप्रकार छ :
समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्स
समूह बी : पोर्टो, एट्लेटिको मड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज
समूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन
समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटनह्याम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से
समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब
समूह एफ : रियल मड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक
समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन
समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्ट्स, बेन्फिका, मक्काबी हाइफा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।