वासिङटन (एजेन्सी) – अमेरिकी विदेश विभागले साउदी अरबलाई १५ अर्ब डलर बराबरको थाड (टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स) मिसाइल बेच्न अनुमति दिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार साउदीले ४४ थाड लञ्चर, ३६० मिसाइल, १६ अग्नि नियन्त्रण स्टेशन र ७ राडार बेच्न अमेरिकासँग आग्रह गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीको नाम गोप्य राख्ने सर्तमा सार्वजनिक भएको समाचार अनुसार गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणको क्रममा १ सय १० अर्ब डलरको प्याकेज सम्झौता भएको थियो । यही प्याकेजअन्तर्गत अमेरिकाले साउदीलाई रक्षा उपकरण बेच्न लागेको हो।
पछिल्लो समय साउदी अरबको वरिपरि बढ्दै गएको ब्यालेस्टिक मिसाइलको सम्भावित खतराबाट जोगिन यस्तो कदम उठाइएको हो।
अमेरिकी कंग्रेसलाई मिसाइल बिक्रीको विषयमा अग्रीम जानकारी गराइएको छ । कंग्रेसलाई समीक्षाका लागि ३० दिनको समय हुनेछ । थाड मिसाइल प्रणालीले ब्यालेस्टिक मिसाइलबाट जोगाउने काम गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।