दाङ- जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार बेलुका २२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका-५ लोकनगर घर भइ हाल तुलसीपुर उपमहानगरपालिका ६ कालिका मन्दिर नजिक ससुराली आएका २९ वर्षीय मान बहादुर गन्धर्व रहेका छन्।
गन्धर्वलाई सोधपुछ गर्दा उक्त लागुऔषध तुलसीपुर ६ बरुवागाउँ निवासी ३० वर्षीय अनिल विकसँग खरिद गरेको भन्ने बयान दिएपछि विकलाई पनि पक्राउ गरिएको थियो।
गन्धर्वलाई तुलसीपुरको गार्डेन मार्ट नजिकबाट र विकलाई तुलसीपुरको ‘ग’ लाईनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरु दुवै जनालाई म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।