काठमाडौं– नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको सरुवाअनुसार १ वटा जिल्ला प्रहरी कार्यालयको प्रमुख पनि फेरिएका छन्।
बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत एसपी वीरबहादुर ओलीको जिल्ला प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ। दाङका एसपी सुरेश प्रसाद काफ्लेलाई अपराध अनुसन्धान विद्यालय काठमाडौं सरुवा गरिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडामा सरुवा भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरको प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा सरुवा भएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसपी खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।