काठमाडौं– फेसबुक ह्याक गरेर रकम माग्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे डाँडाका २० वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो।
उनले विभिन्न व्यक्तिको फेसबुक ह्याक गर्ने र ती व्यक्तिका साथीहरुसँग म्यासेन्जरमा कुरा गर्दै आपत पर्यो भनेर रकम सापटी माग्दै ठगी गरेको पाइएको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले बताए।
डिजिटल गेट वे मार्फत् रकम ट्रान्सफर गर्न लगाउँदै ठगी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।