काठमाडौं– दुबई जान लागेका ३९ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
बुधबार बिहान साढे ३ बजे जजिरा एयरलाइन्समार्फत् कुवेत हुँदै दुबई जान लागेका उनीहरुलाई प्रहरी र अध्यागमनको टोलीले फर्काएको हो।
कागजातहरु संकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो। भिजिट भिषामा खाडी पुर्याएर मानव तस्करी गर्न लागिएको देखिएपछि उनीहरुलाई रोकिएको प्रहरी स्रोतले जनाएको छ।
खाडी देशहरुमा नेपाली महिला कामदारहरुलाई घरेलु कामदारको रुपमा जान प्रतिबन्ध लगाएपछि भिजिट भिषामा खाडी पुर्याउने र मानव तस्करले बेचविखन गरेर घरेलु कामदारको रुपमा काम लगाउने गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।