• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रेसुङ्गा क्याम्पसलाई हरेक वर्ष डेढ करोड ऋणको भार, सञ्चालक समितिद्वारा आर्थिक संकटकाल घोषणा

64x64
अजय खड्का बुधबार, भदौ ८, २०७९  १०:५३
1140x725

गुल्मी– गुल्मीको एक क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरिएको छ। सदरमुकाम तम्घासमा रहेको जिल्लाकै शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई हरेक वर्ष १ करोड २९ लाख ऋणको भार थपिँदै जान थालेपछि सञ्चालक समितिको निर्णयबाट यस्तो घोषणा गरिएको हो। 

सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले विद्यार्थीको संख्यामा कमी हुँदा आम्दानीको स्रोत बन्द भएपछि हरेक वर्ष झण्डै डेढ करोड बढी ऋणको भार थपिएको बताए। शिक्षा विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर अध्ययन अध्यापन हुने रेसुङ्गा बहुमुखी क्याम्पसमा अहिले ७०७ जना विद्यार्थी रहेका छन्। 

क्याम्पसमा प्राध्यापक र कर्मचारी गरेर ४० जना रहेका छन्। विद्यार्थीबाट वार्षिक रुपमा हुने आम्दानीभन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भलामीले जानकारी दिए। प्राध्यापक र कर्मचारी राजनीतिक बाँडफाँटबाट आवश्यकभन्दा बढी नियुक्त हुँदा पनि समस्या भएको छ।

क्याम्पसमा अहिले आम्दानी कोषतर्फ उपचार र उपदान कोषमा जम्मा २३ लाख ५० हजार, लगानीतर्फ १ करोड १० लाख ५० हजार र क्याम्पस सञ्चालन खातामा मात्र ३० लाख रुपैयाँ रहेको छ। क्याम्पसका विभिन्न कोषमा रहेको रकम र वार्षिक रुपमा थपिने ऋण बाहेक क्याम्पसमा अहिले ५ करोड ८३ लाख रुपैयाँ ऋण रहेको छ।

क्याम्पसलाई आर्थिक रुपमा धरासयी हुनबाट बचाउन आर्थिक संकटकाल घोषणा गरिएको सञ्चालक समिति अध्यक्ष भलामीले जानकारी दिए। संकटकालपछि कानुनी अड्चन हट्ने भएकोले समस्या समाधानको विकल्पका रुपमा आर्थिक संकटकाल भनिएको अध्यक्ष भलामीले बताए। यही महिनाको अन्तिमसम्म क्याम्पसमा प्राध्यापक कटौती र आर्थिक स्रोत जुटाएर संकटकाल फुकुवा हुने भलामीले दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सञ्चालक समितिको निर्णय कार्यान्वयन गछौँ : क्याम्पस प्रमुख खत्री
क्याम्पस प्रमुख प्राध्यापक हरि खत्रीले सञ्चालक समितिको निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन्। आफूहरु कार्यान्वयन गर्ने स्थानमा रहेकोले सञ्चालक समितिको निर्णय गर्नुपर्ने क्याम्पस प्रमुख खत्रीले बताएका हुन्। 

‘८ महिनाको मासिक तलब प्राध्यापक तथा कर्मचारीलाई दिलाउन सकिएको छैन’, क्याम्पस प्रमुख खत्रीले भने, ‘जबसम्म यो क्याम्पसलाई राज्यले पूर्ण स्वामित्व हुनेगरी सञ्चालनको जिम्मेवारी लिँदैन तबसम्म स्थानीय सरकार, सञ्चालक समिति, आजीवन सदस्य लगायतले स्थायी स्रोतको व्यवस्था गरिदिनुपर्छ।’

विद्यार्थी चिन्तित 
रेसुङ्गा बहुमुखी क्याम्पसमा हाल अध्ययनरत विद्यार्थीहरुले क्याप्पसको आर्थिक संकटकालको निर्णयले क्याम्पस रहने वा नरहनेमा चिन्तित रहेको बताएका छन्। 

Xtrem
Xtrem

आन्तारिक रुपमा सल्लाह गरेर समाधान खोजिनुको सट्टा एक्कासी क्याम्पसमा संकटकाल भनिनुले अब विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आउने सम्भावाना कम रहेको र वास्तविक आर्थिक संकटको अवस्था पुग्ने भन्दै अध्ययनरत विद्यार्थीहरुले  चिन्ता व्यक्त गरे।

क्याम्पसमा भर्ना हुनेभन्दा क्याम्पस छाड्ने विद्यार्थी बढिरहेका बेला विद्यार्थीहरुलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुको साटो संकटकाल घोषणा गर्नु दुःखद् विद्यार्थी करिष्मा विकले गुनासो व्यक्त गरिन्।

नगरपालिकाको ५० लाख सहयोग
रेसुङ्गा नगरपालिकाले नगरपालिकामा शिक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाकाले यसपटक क्याम्पसका लागि ५० लाख बजेट विनियोजन गरेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। 

‘क्याम्पसमा अहिले आर्थिक जटिलता उत्पन्न भएको छ’, नगरप्रमुख पन्थीले भने, ‘हामीले क्याम्पसको समस्यालाई दीर्घकालीन समाधान खोज्न लागेका छौं। तत्कालका लागि क्याम्पसलाई थोरै भएपनि आर्थिक सहयोग गरिएको छ।’

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अजय खड्का
लेखकबाट थप
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको मृत्यु
रास्वपाका उपसभापति भन्छन्– खोलाबाट पानी ल्याउँदा पनि उत्सव मनाउने अवस्थामा छौँ
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्