काठमाडौं– इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले घरेलु टोली साम्पडोरियासँग गोलरहित बराबरी खेलेको छ।
जेनोभामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा दुवै टोली अंक बाड्न बाध्य बनेका हुन्।
बराबरीसँगै अपराजित रहेको युभेन्ट्सको २ खेलबाट ४ अंक छ। पहिलो अंक जोडेको साम्पडोरिया १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।