काठमाडौं– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो जित निकालेको छ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा सोमबार सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २-१ ले हराएको हो।
युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए।
खेलको १६औं मिनेटमा सान्चोले युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरूआतमै रासफर्डले गोल गरे। ८२औं मिनेटमा सलाहले गोल गरे।
जितसँगै युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १४औं स्थानमा छ। लिभरपुल ३ खेलमा २ अंकसाथ १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।