मुम्बई (एजेन्सी) – बलिउडका ‘किङ खान’ शाहरुख एक पटक फेरि टेलिभिजन स्क्रिनमा फर्किँदै छन् । स्टार इन्डियाको प्रस्तुति ‘टेड टक्स इन्डिया नई सोच’ मा उनी कार्यक्रम प्रस्तोताको भूमिकामा देखिने भएका छन्।
भारतमा टेड आधुनिक सोचलाई अगाडि बढाउने चर्चित ग्लोबल प्लेटफर्म हो । यसको सहयोगले विश्वलाई हेर्ने आम मानिसको दृष्टिकोणमा परिवर्तन ल्याउने विश्वास गरिन्छ।
कार्यक्रम प्रस्तोता शाहरुख खानले भनेका छन्, ‘यो सो सञ्चालन गर्नु मेरो लागि गर्वको विषय हो । स्टार इन्डिया र टेड जस्तो दुई दिग्गज संस्था मिलेर हुन लागेको यो कार्यक्रमले करौडौं मानिसको सपनालाई मूर्त रुप दिन प्रेरित गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।