काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ।
सोमबार नेप्से परिसूचक ७.४१ अंक घटेर २०५३.१३ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४७ अंक, फ्लोट इन्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंक घटेको छ।
सोमबार कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
सोमबार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक नकारात्मक देखिएको छ। जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० प्रतिशत बढेको छ। तर, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०५ प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र निर्जीवन बीमाको ०.५७ प्रतिशतले घटेको छ।
नेप्सेमा गिरावट आएपनि दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, सामलिङ्ग पावरको सेयरमूल्य ५.६६ प्रतिशतले बढेको छ। त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.२४ प्रतिशतले घटेको छ।
श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ४.१५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ३.८९ प्रतिशत घटेको छ। हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।