काठमाडौं– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७-१ गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे ।
नेयमारले दुई गोल गर्दा लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे । लिलका जोनाथन बाम्बाले एक गोल फर्काए ।
पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ ।
पीएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।