लन्डन क्लब चेल्सी प्रिमियर लिगमा पराजित भएको छ। एलान्ड रोडमा आइतबार राति सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३-० ले पराजित भएको हो।
लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले १/१ गोल गरे। खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाए। ३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे। ६९औं मिनेटमा ज्याकले गोल गर्दै लिड्सलाई ३-० को सहज जित दिलाए।
८५औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटिएको थियो। यसै समरमा चेल्सी भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। जितसँगै लिड्सको ३ खेलबाट ७ अंक पुगेको छ। चेल्सी ४ अंकसहित १२औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।