• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं ५ : मतले गठबन्धनभन्दा अगाडि ईश्वर पोखरेलको चुनौती को?

64x64
राजनीतिक ब्यूरो शनिबार, भदौ ११, २०७९  १९:०५
1140x725

काठमाडौं- काठमाडौंको १० वटा चर्चामा रहेका क्षेत्र मध्ये एक हो- क्षेत्र नम्बर ५। २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको उम्मेदवार बनेर चर्चामा आएकी रञ्जु दर्शना, तनहुँ गृहजिल्ला भएका कांग्रेसका नेता प्रदीप पौडेल, डडेलधुरा गृहजिल्ला भएका नैनसिंह महर, एकीकृत समाजवादीकाे विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुली लगायतले सोही क्षेत्रबाट उम्मेदवारी दिने चर्चा भइरहेको छ।

२०७४ सालमा यो क्षेत्रबाट एमालेका उम्मेदवार ईश्वर पोखरेल विजयी भएका थिए। २०६४ र २०७० मा पोखरेल कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग यही क्षेत्रमा पराजित भएका थिए। २०७४ मा आचार्यले चुनावी प्रतिस्पर्धा नै गरेनन्। त्यसको फाइदा पोखरेललाई पुगेको देखियो।

त्यतिबेला पोखरेलले कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महतलाई झन्डै १० हजार मतान्तरले हराएका थिए। पोखरेलले २३ हजार २९ मत पाएका थिए भने डा. महतले १३ हजार १ सय ६९ मत पाए। विवकेशील साझाका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत हासिल गरेका थिए। बाँकी १७ जना उम्मेदवार एक हजार भन्दा कम मतमै रोकिए।

आउदो मंसिर ४ को निर्वाचनमा पनि एमालेबाट पोखरेल नै प्रतिस्पर्धी बन्ने निश्चित प्रायः छ। गठबन्धनबाट भने उम्मेदवार निश्चित भइसकेको छैन। २०७४ मा पराजित महतले यसपटक नुवाकोट–१ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। यसअघि नुवाकोट–१ मा प्रतिस्पर्धी बनेका उनका दाजु डा. रामशरण महतले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडाहरू पर्छन्।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८,  एकीकृत समाजवादीको १ हजार ८२७  मत छ।  राप्रपाको मत माओवादी केन्द्र र एकीकृत समाजवादीभन्दा बढी अर्थात् २ हजार ६२२ छ।

स्थानीय निर्वाचनमा खसे अनुसार नै पार्टीगत मत खसेमा पोखरेलले गठबन्धनका उम्मेदवारले भन्दा बढी मत पाउनेछन्। पोखरेललाई राप्रपाले पनि सघाएमा उनको मतान्तर झन् बढी हुनेछ। अर्कोतिर, उनको विपक्षमा अहिले चर्चा भएजस्तो धेरैभन्दा धेरै उम्मेदवार उत्रिए भने विपक्षी मतलाई नै विभाजन गर्ने सम्भावना बढी हुन्छ। त्यसको लाभ पनि उनैलाई पुग्नेछ।

पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष र प्रभावशाली नेता हुन्। त्यसको लाभ उनलाई हुनेछ। केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्दा उनी कतिपय विवादमा फसेका थिए। तर, त्यसले मतमा कति प्रभाव पार्छ वा पार्दैन भन्नेचाहिँ मंसिर ४ पछि नै स्पष्ट हुनेछ।
०००
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं- ५ अन्तर्गत पर्ने वडाहरुका अध्यक्ष उम्मेदवारले पाएको एकीकृत मतः
एमाले- १९०७३
कांग्रेस- १४८५३
माओवादी केन्द्र- ११६८
एकीकृत समाजवादी- १८२७
राप्रपा- २६२२
०००
२०७४ को आम निर्वाचनमा उम्मेदवारहरूले पाएको मतः
ईश्वर पोखरेल/एमाले- २३०२९
डा. प्रकाशशरण महत/कांग्रेस- १३१६९
उज्ज्वल थापा/ विवकेशील साझा- ६८५३

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १९:०५
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्