• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं ५ : मतले गठबन्धनभन्दा अगाडि ईश्वर पोखरेलको चुनौती को?

64x64
राजनीतिक ब्यूरो शनिबार, भदौ ११, २०७९  १९:०५
1140x725

काठमाडौं- काठमाडौंको १० वटा चर्चामा रहेका क्षेत्र मध्ये एक हो- क्षेत्र नम्बर ५। २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको उम्मेदवार बनेर चर्चामा आएकी रञ्जु दर्शना, तनहुँ गृहजिल्ला भएका कांग्रेसका नेता प्रदीप पौडेल, डडेलधुरा गृहजिल्ला भएका नैनसिंह महर, एकीकृत समाजवादीकाे विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुली लगायतले सोही क्षेत्रबाट उम्मेदवारी दिने चर्चा भइरहेको छ।

२०७४ सालमा यो क्षेत्रबाट एमालेका उम्मेदवार ईश्वर पोखरेल विजयी भएका थिए। २०६४ र २०७० मा पोखरेल कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग यही क्षेत्रमा पराजित भएका थिए। २०७४ मा आचार्यले चुनावी प्रतिस्पर्धा नै गरेनन्। त्यसको फाइदा पोखरेललाई पुगेको देखियो।

त्यतिबेला पोखरेलले कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महतलाई झन्डै १० हजार मतान्तरले हराएका थिए। पोखरेलले २३ हजार २९ मत पाएका थिए भने डा. महतले १३ हजार १ सय ६९ मत पाए। विवकेशील साझाका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत हासिल गरेका थिए। बाँकी १७ जना उम्मेदवार एक हजार भन्दा कम मतमै रोकिए।

आउदो मंसिर ४ को निर्वाचनमा पनि एमालेबाट पोखरेल नै प्रतिस्पर्धी बन्ने निश्चित प्रायः छ। गठबन्धनबाट भने उम्मेदवार निश्चित भइसकेको छैन। २०७४ मा पराजित महतले यसपटक नुवाकोट–१ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। यसअघि नुवाकोट–१ मा प्रतिस्पर्धी बनेका उनका दाजु डा. रामशरण महतले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडाहरू पर्छन्।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८,  एकीकृत समाजवादीको १ हजार ८२७  मत छ।  राप्रपाको मत माओवादी केन्द्र र एकीकृत समाजवादीभन्दा बढी अर्थात् २ हजार ६२२ छ।

स्थानीय निर्वाचनमा खसे अनुसार नै पार्टीगत मत खसेमा पोखरेलले गठबन्धनका उम्मेदवारले भन्दा बढी मत पाउनेछन्। पोखरेललाई राप्रपाले पनि सघाएमा उनको मतान्तर झन् बढी हुनेछ। अर्कोतिर, उनको विपक्षमा अहिले चर्चा भएजस्तो धेरैभन्दा धेरै उम्मेदवार उत्रिए भने विपक्षी मतलाई नै विभाजन गर्ने सम्भावना बढी हुन्छ। त्यसको लाभ पनि उनैलाई पुग्नेछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष र प्रभावशाली नेता हुन्। त्यसको लाभ उनलाई हुनेछ। केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्दा उनी कतिपय विवादमा फसेका थिए। तर, त्यसले मतमा कति प्रभाव पार्छ वा पार्दैन भन्नेचाहिँ मंसिर ४ पछि नै स्पष्ट हुनेछ।
०००
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं- ५ अन्तर्गत पर्ने वडाहरुका अध्यक्ष उम्मेदवारले पाएको एकीकृत मतः
एमाले- १९०७३
कांग्रेस- १४८५३
माओवादी केन्द्र- ११६८
एकीकृत समाजवादी- १८२७
राप्रपा- २६२२
०००
२०७४ को आम निर्वाचनमा उम्मेदवारहरूले पाएको मतः
ईश्वर पोखरेल/एमाले- २३०२९
डा. प्रकाशशरण महत/कांग्रेस- १३१६९
उज्ज्वल थापा/ विवकेशील साझा- ६८५३

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १९:०५
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्