बार्सिलोना– स्पेनिस बार्सिलोनाले ब्रजिलियन विंगर माल्कोमसँग ४१ मिलियन युरो (५ अर्ब २९ करोड रुपैयाँ) मा सम्झौता गरेको छ। एक दिनअघि २१ वर्षीय माल्कोमलाई भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको इटालियन क्लब रोमाले दाबि गरेको थियो।
यद्पयी बार्सिलोनाले उनीसँग पाँच वर्षको सम्झौता गर्न सफल भएको हो। उनी फ्रेन्च क्लब बोर्डेउक्सबाट बार्सिलोना आएका हुन्।
रोमाका स्पोर्टिङ डाइरेक्टर मार्चीले माल्कोनका एजेन्टसँग सम्झौता गर्ने सहमती भएको दाबी गरेका थिए। उनले बार्सिलोनासँग सम्झौता भएको सुन्दा अचम्म लागेको समेत बताए।
माल्कोमको बार्सिलोनामा बुधबार मेडिकल चाँज गर्ने बताइएको छ। ब्राजिलको सिनियर टिममा नरहेका माल्कोमले गत २ सिजन फ्रेन्स क्लब बोर्डेउक्सबाट खेल्दा २० गोल गर्नुका साथै १३ पास गोल गर्न उपलब्ध गराएका थिए।
माल्कोम बार्सिलोनामा भित्रिएका सिजनका दोस्रा खेलाडी हुन्। यसअघि ग्रेमिओका मिडफिल्डर अर्थरसँग बार्सिलोनाले सम्झौता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।