काठमाडौं– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्ने भएको छ। समान ४–४ पुरुष/महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो।
पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन्। महिलामा कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेत छन्। प्रशिक्षकमा अभिषेक कार्की तथा जलिन्द्रबहादुर शाही रहेका छन्।
टोली जुलाई २६ देखि अगष्ट १५ तारिखसम्म सिओल फिजिकल एजुकेसन हाइ स्कुलमा प्रशिक्षणरत रहनेछ। अगष्ट १५ मै टोली सिओलबाटै इन्डोसिया जानेछ। नेपालले पुरुष÷महिलाको फोइल र साब्रेतर्फ व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन्। एसियाडअन्तर्गत फेन्सिङको प्रतिस्पर्धा अगष्ट १९ देखि २४ तारिखसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।