काठमाडौं– इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा लगातार दोस्रो जित निकालेको छ। मिलानो इटालीमा शनिबार राति सम्पन्न खेलमा घरेलु टोलीले स्पेजियामाथि ३-० को जित हात पारेको हो।
इन्टरको जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले १/१ गोल गरे।
खेलको ३५औं मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले सुरूआती अग्रता लिएको थियो।
५२औं मिनेटमा हकानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे। ८२औं मिनेटमा जोआकिन कोरेआले गोल गर्दै इन्टरलाई ३-० को सहज जित दिलाए।
लगातार दोस्रो जितसँगै ६ अंक जोडेको इन्टर शीर्षस्थानमा रहेको छ। पराजित स्पेजिया ३ अंक जोडेर ११औं स्थानमा रहेको छ।
शनिबार सम्पन्न अन्य खेलमा टोरिनो र लाजियो तथा उडिनेस र सालेरनिटानाले गोलरहित बराबरी खेले।
यता, सस्सुलोले लिसलाई १–० ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।