काठमाडौं– प्रिमियर लिग क्लब टोटनह्यामका फरवार्ड ह्यारी केनले एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेछन्।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा उल्भ्सविरुद्धको जितमा निर्णायक एक गोल गरेसँगै केनले उक्त कीर्तिमान बनाएका हुन्।
खेलको ६४औं मिनेटमा केनले हेडरमार्फत् गरेको गोल नै टोटनह्यामको लागि निर्णायक सावित भएको थियोे।
योसँगै केनको १८५औं गोल पुगेको छ। केनले म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर सर्जियो अग्युरोको कीर्तिमान तोडेका हुन्।
अग्युरोको नाममा १८४ गोल रहेको थियो। अघिल्लो सिजन क्याटलान क्लब बार्सिलोना पुगेका उनले मुटुको समस्याका कारण व्यवसायिक फुटबलबाट सन्यास लिइसकेका छन्।
तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड बार्यन रूनी छन्। उनले १८३ गोल गरेका थिए। यस्तै,थिएरी हेनरीले १७५ गोल गरेका थिए। हेनरी आर्सनलका फरवार्ड थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।