काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा बुरूसिया डर्टमण्ड पराजित भएको छ।
शनिबार राति सम्पन्न खेलमा वेर्डेर ब्रेमेनसँग घरेलु टोली डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
ब्रेमेनको जितमा ली बुचानन,निक्लास र ओलिभर बुर्केले १/१ गोल गरे। यता, डर्टमुण्डका जुलियन र राफाएल गुइरेरोले गोल गरे।
खेलको ४५औं मिनेटमा जुलियनले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
७७औं मिनेटमा राफाएलले गोल गर्दै डर्टमण्डको अग्रता २-० बनाए।
तर, ८९ औं मिनेटमा बुचाननले गोल गर्दै ब्रेमेनलाई २-१ को स्थितिमा ल्याए। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा निक्लासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा बुर्केले गोल गर्दै ब्रेमेनलाई ३-२ को जित दिलाए।
जितसँगै ब्रेमेनले ३ खेलमा ५ अंक जोडेको छ। ब्रेमेन आठौं स्थानमा छ। यता, पराजित डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।