काठमाडाैं- फरवार्ड ह्यारी केनले दोस्रो हाफमा गरेको गोलसँगै टोटेनह्यामले प्रिमियर लिगमा वल्भ्सलाई पराजित गरेको छ।
घरेलु मैदानमा शनिबार साँझ सम्पन्न खेलमा टोनह्यामले वल्भ्सलाई १-० ले पराजित गरेको हो। खेलको ६४औं मिनेटमा केनले हेडरमार्फत् गरेको गोल नै टोटनह्यामको जितमा निर्णायक सावित भयो।
त्यसअघि पहिलो हाफमा वल्भ्सले टोटनह्यामलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन। जितसँगै टोटनह्यामले ३ खेलमा ७ अंक जोडेको छ। टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ। वल्भ्स भने ३ खेलमा १ अंकसहित १६औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।