• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सम्पादकीय

निर्वाचन खर्च नियन्त्रणको एकमात्र उपाय: राजनीतिक शुद्धीकरण 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३, २०७९  २१:२०
1140x725

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारमध्ये १ लाख २३ हजार ७ सय ८३ जनाले खर्चको विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले सूची सार्वजनिक गरेको छ। सुरुमा ७ दिनको चेतावनी दिएको आयोगले दोस्रोपटक उनीहरुको नाम नै सार्वजनिक गर्दै थप कारबाहीको प्रक्रिया अघि बढाएको छ। यसरी निर्वाचनको खर्च नबुझाउनेमा काठमाडौं महानगरकै उपप्रमुखदेखि दूरदराजका गाउँपालिका प्रमुख सहितका उम्मेदवारहरु छन्। 

सातै प्रदेशको सूची हेर्दा आयोगले ठूलो संख्यामा जनप्रतिनिधि (उम्मेदवार)लाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ। निर्वाचन खर्च विवरण बुझाउन नसक्नुको एउटै कारण हो खर्च भएको र आयोगको सीमाका बीच तादम्यता मिलाउन नसक्नु। वास्तविक खर्च बुझाउँदा आयोगको कानुन उल्लंघन हुने भएकाले अवास्तविक खर्च बुझाउने प्रारुप तयार तोकिएको समयमा गर्न सकेनन्। अधिकांश स्थानीय तहका उम्मेदवारलाई यही अलमलले खर्च विवरण बुझाउने मिति गुज्रेको पत्तै भएन।

अब मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि निर्वाचन आयोगले खर्चको सीमा तोक्ने छ। तर उम्मेदवारहरुले उक्त सीमा कैयौं गुणाले नाघेर  खर्च गर्नेछन्। कांग्रेस सांसद शशांक ककोइरालाले अघिल्लो निर्वाचनमै ६ करोडसम्म खर्च भएको बताइसकेका छन्। जबकि उनले आयोगमा विवरण भने सीमाभित्रै पारेर बुझाएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गाउँपालिकाको निर्वाचनमै १० करोडसम्म खर्च भएको सूचना पाएको बताउँदै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ‘अर्ब’ पुग्ने अनुमान लगाएका छन्। 

आगामी चुनावपछि आयोगले फेरि पनि उनीहरुका लागि खर्च विवरण बुझाउन चेतावनी दिनेछ, अनि उनीहरुले एउटा अवास्तविक खाका पेस गर्नेछन्। यो कुराको पुष्टि स्वयं नेताहरुले नै गर्ने गरेका छन्। मंसिर ४ को निर्वाचनमा ३ क्षेत्रमा उम्मेद्बार हुने भएकाले त्यही अनुसारको खर्च हुने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक अनि प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार राजनीतिक दलहरुले खडा गर्नेछन्। 

यसरी उम्मेदबार बनाउँदा समानुपातिक तर्फको सूची उम्मेदवारी दर्ताअघि नै दलहरुले निर्वाचन आयोगमा  बुझाउनुपर्ने छ। प्रत्यक्षतर्फ आउन नसकेका व्यक्तिहरुलाई समानुपातिकतर्फ ल्याउने भन्दै राखिएको समानुपातिक प्रणाली पछिल्लो समय पैसा र वर्चस्वशालीहरुको प्रवेशस्थल भएको छ। यसमा पैसाको चलखेल हुने गरेको कुरा ‘घाम जत्तिकै’ छर्लंग छ।

nimb
nimb
Ncell 2
Ncell 2

२०७० सालमा समानुपातिक सूचीमा एमालेको कोटामा परेकी व्यापारी राज्यलक्ष्मी गोल्छाले आफूले ७ करोड चन्दा दिएको दाबी गरेकी थिइन्। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीलाई कांग्रेसले समानुपातिकबाट सांसद बनाएको छ। अहिले हरेक पार्टीमा व्यापारी र ठेकेदारहरु सांसद बन्ने पहिलो रोजाइमा परेका छन्। प्रत्यक्ष होस् वा समानुपातिक, उनीहरुलाई पार्टीहरुले रोज्ने गरेका छन्। चुनावका लागि पैसा नै धेरै चाहिने भएपछि उनीहरु प्राथमिकतामा परेका हुन्। 

राजनीतिमा आदर्श र पार्टीको सिद्धान्त बोकेका नेता कार्यकर्ताहरु पाखा लाग्ने अनि बिचौलिया, दलालहरु हाबी हुने क्रम बढ्दो छ। जसका कारण निर्वाचन महङ्गो हुँदै गएको छ। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका पूर्वसांसद राधेश्याम अधिकारीले पनि यही कारण निर्वाचनमा विकृति बढ्दै गएको र महङ्गो भएको बताएका छन्। अधिकारीका अनुसार विगतका निर्वाचनमा कार्यकर्ताले नै चन्दा उठाएर दिने गरेको, तर अहिले नेताहरुले नै व्यापारी प्रवेश गराएर निष्ठा र सिद्धान्तमा रहेकाहरुलाई पाखा लगाएको अवस्था छ। 

जसको कुनै निष्ठा र सिद्धान्त हुँदैन,  उसले निर्वाचन जित्न ‘साम, दाम, दण्ड र भेद’ सबै प्रयोग गर्छ नै। उसको एकमात्र लक्ष्य भनेको निर्वाचन जित्ने हुन्छ। संसद् र सरकारमा पुगेर उसले राज्यशक्तिको  दोहनका साथै आफू अनुकूल प्रयोग गर्छ। त्यस्ता व्यक्ति विधायकका रुपमा स्वार्थ बाझिने नीति निर्माण गर्न अग्रसर भएको उदाहरण प्रशस्त छन्।

यसको एउटा प्रत्यक्ष उदाहरणको रुपमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) निर्माणमा बैंक तथा वित्तीय संस्थामा संलग्न व्यक्तिहरुले गरेको चलखेललाई लिन सकिन्छ। त्यस्तै, शिक्षा ऐनमा निजी विद्यालय सञ्चालकहरुले चलखेल र संसदको शिक्षा समितिमै बसेर उनीहरुले बनाएका नियमले नै स्वार्थ समूह कसरी हाबी हुन्छन् भन्ने पुष्टि गरेको छ। 

आवधिक निर्वाचन लोकतन्त्रको अपरिहार्य आवश्यकता हो। लोकतन्त्रलाई जीवित राख्नका लागि हरेक ५ वर्षमा जनताले चुनेका प्रतिनिधि आउनुपर्दछ। तर मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि एकल बहुमत आउने  स्थिति नभएको अवस्थामा निर्वाचन महङ्गो हुँदै जानु दु:खद कुरा हो।

निर्वाचन महङ्गो हुँदै गएको कुरामा अहिले नै सोचेर यसलाई विकेन्द्रीकरण गरेर खर्च घटाउनेतिर लाग्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको विचार छ। यदि निर्वाचन खर्च घटाउन नलाग्ने हो भने व्यवस्थामाथि नै असर पर्ने देखिन्छ। अहिले नेताहरु प्रणालीमाथि दोष थोपरेर आफू ‘पानी माथिको ओभानो’ हुन खोजिरहेका छन्। प्रणाली आफैमा खराब हुँदैन, पात्रले त्‍यसलाई आफू अनुकूल बनाउन खोज्दा बिग्रिने हो। अहिले पनि त्यसैका लक्षण देखिएका हुन्। 

निर्वाचन खर्च घटाउनका लागि राजनीतिक शुद्धीकरणको पनि आवश्यकता छ। राजनीतिक निष्ठा र सिद्धान्तका आधारमा उम्मेदवारको चयन गर्ने परम्परा दलहरुले थालनी गर्नुपर्ने देखिन्छ। आर्थिक प्रभावका आधारमा उम्मेदवार चयन गर्ने परिपाटीको अन्त्यसँगै राजनीतिक शुद्धीकरण सुरु हुनेछ। दलहरुका शीर्ष नेताहरुले चुनाव खर्चका विषयमा तनाव लिने होइन, चुनावलाई पैसाको प्रभावबाट मुक्त बनाउनेतर्फ ध्यान दिनुपर्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्