काठमाडौं– प्रिमियर लिगको नयाँ सिजनमा खराब सुरूआत गरेको म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्यासमिरो अनुबन्ध गर्ने प्रक्रिया अगाडि बढाएको छ।
युनाइटेडले ३० वर्षीय क्यासमिरो अनुबन्धका लागि ७० मिलियनको प्रस्ताव गरेको छ। यो रियलमा भन्दा झन्डै दोब्बर हो। आर्थिक रूपमा पनि क्यासमिरो र रियल दुवै पक्षलाई फाइदा हुने भएपछि उनले नयाँ चुनौतीको सामना गर्न तयार भएका हुन्।
शुक्रबारसम्ममा रियलले क्यासमिरोलाई क्लबबाट बाहिरिन अनुमति दिन सक्नेछ। क्लबले अनुमति दिएपछि मेडिकललगायतको कागजी प्रक्रिया अघि बढ्नेछ। युनाइटेडको प्रस्ताव स्वीकार गरेमा क्यासमिरो क्लबमा सर्वाधिक कमाउने खेलाडी बन्नेछन्।
युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले टिमको मिडफिल्ड बलियो बनाउन उनलाई अनुबन्धको योजना बनाएका हुन्। क्यासमिरो सन् २०१३ बाट रियलमा रहेका छन्। उनले ३ ला लिगा र ५ च्याम्पियन्स लिग जितेका छन्। रियलसँग उनको सम्झौता २०२५ सम्मको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।