• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चितवन ३ : ‘किङमेकर’ प्रचण्डको क्षेत्रमा किरिङमिरिङ अंकगणित

64x64
राजनीतिक ब्यूरो बिहीबार, भदौ २, २०७९  २०:३३
1140x725

काठमाडौं– सत्ता राजनीतिको 'किङमेकर' हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। संसदीय राजनीति सुरु गरेपछि आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको उनैले दाबी गर्ने गरेका छन्। राष्ट्रिय राजनीतिमा जसरी उनी अपरिहार्य र बलिया नेता देखिन्छन्, उनको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं. ३ मा भने उनको दल कमजोर छ।

मंसिर ४ मा हुँदै गरेको निर्वाचनमा प्रचण्ड मुख्य रुपमा कांग्रेससँगको तालमेलबाट निर्वाचित बन्ने प्रयत्नमा छन्। एमालेको उम्मेदवार भने प्रष्ट भइसकेको छैन। त्यहाँ २०७४ मा प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेलाई नै एमाले प्रवेश गराएर उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन पनि भएको थियो। अर्कोतिर, केहीअघि प्रचण्डकै पूर्वसहयात्री रामबहादुर थापा बादलले पनि आफू प्रचण्डको प्रतिस्पर्धी बन्ने सम्भावना औंल्याएका थिए। एमालेबाट जो उठे पनि ऊ प्रचण्डलाई कडा चुनौती दिनसक्ने व्यक्ति नै हुनेमा दुई मत छैन। अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको बिग्रिएको सम्बन्धले पनि त्यो परिस्थितिको आकलन गर्न सकिन्छ।

अब लागौँ, चितवन ३ को वस्तुस्थितितिर।

चितवन-३ अन्तर्गत भरतपुर महानगरपालिकाका वडाहरु ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। यसरी सो क्षेत्रमा २८ वटा वडाहरू रहेका छन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्रका एउटा वडाको अध्यक्ष जितेका थिए।

वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५, ०३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्।

Ncell 2
Ncell 2

स्थानीय तहमा सत्ता गठबन्धन दलहरुले त्यहाँ वडास्तरमै तालमेल गरेका थिए। त्यसैले सम्बन्धित पार्टीले पाएको देखिएको मत र त्यहाँ सो पार्टीका मतदातामा केही अन्तर पर्न सक्छ। तर, सहजै देखिने दृश्यचाहिँ माओवादी केन्द्रको जनाधार कमजोर छ भन्ने हो। त्यसैले प्रचण्डले आफ्नो जितका लागि गठबन्धनका दलहरु र त्यसमा पनि कांग्रेसका मतदातासँग भर गर्नुपर्ने हुन्छ।

चितवन-३ लाई २०७४ को स्थानीय तहको निर्वाचनको 'फ्रेम' मा पनि हेर्नु वाञ्छनीय हुन्छ। त्यतिबेला पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। त्यतिबेला चितवन-३ अन्तर्गत पर्ने वडाहरुमा कांग्रेस-एमालेले समान ११ वटा वडाको अध्यक्ष जितेका थिए। माओवादी केन्द्रले ६ वटा वडाध्यक्ष जितेको थियो। त्यतिबेला वडास्तरमा भने गठबन्धन थिएन।

त्यतिबेला वडा अध्यक्षले पाएको एकीकृत मतमा कांग्रेस अगाडि थियो। त्यतिबेला कांग्रेसले २६ हजार ९२३, एमालेले २४ हजार ४९४, माओवादी केन्द्रले १८ हजार १०४, राप्रपाले ८ हजार ३४२ र अन्य पार्टी तथा स्वतन्त्रले जम्मा ४५४ मत ल्याएका थिए।

स्थानीय तहको निर्वाचनको केही महिनापछि नै भएको संसदीय निर्वाचनमा प्रचण्डले ४८ हजार २७६ मत पाएका थिए। उनलाई एमालेको साथ थियो। कांग्रेसको साथ पाएका राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले ३८ हजार ९३५ मत मात्रै पाएका थिए। दुई ठूला तालमेलका बीचमा अन्य दलको उपस्थिति कमजोर बनेको थियो। त्यतिबेला प्रचण्डलाई एमाले र माओवादी केन्द्रका अतिरिक्त अन्य पार्टीका मतदाताको पनि मत खसेको उल्लेखित तथ्यांकबाट देखिन्छ।

२०७४ र २०७९ को संसदीय निर्वाचनमा चितवन ३ को तालमेल फेरिएको छ। हिजो प्रचण्डको सहयोगी एमाले थियो। अब कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुले सहयोग गर्दैछन्।

२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा चितवन ३ अन्तर्गतका वडामा माओवादी कमजोर देखिन्छ। तर, जब प्रचण्ड जस्ता शक्तिशाली नेता नै उम्मेदवार बन्छन्, त्यतिबेला सामान्य गणितहरुले सम्भावित नतिजालाई प्रष्ट पार्न सक्दैनन्। त्यो २०७४ को आम निर्वाचनले पुष्टि गरिसकेको छ।

प्रचण्डको व्यक्तिगत प्रभाव, निर्वाचनपछि पनि सो क्षेत्रमा आउने बजेट, चर्चामा आइरहने अन्य विषयलाई मतदाताले परीक्षण गर्नेछन्। त्यसको स्पष्ट संकेत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रचण्डकी पुत्री रेणु दाहालको जितले देखाइसकेको छ। उनी कमजोर छिन् भन्ने आकलनविपरीत उनले ठूलो अन्तरले जित निकालेकी थिइन्। उनलाई एमालेकै पनि प्रशस्त मत खसेको चर्चा अझै छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २०:३३
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत, पुस २३ गते उम्मेदवारी दर्ता हुने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४... बुधबार, मंसिर १७, २०८२
दल दर्ताको समय चार दिन थपियो निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्