• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चितवन ३ : ‘किङमेकर’ प्रचण्डको क्षेत्रमा किरिङमिरिङ अंकगणित

64x64
राजनीतिक ब्यूरो बिहीबार, भदौ २, २०७९  २०:३३
1140x725

काठमाडौं– सत्ता राजनीतिको 'किङमेकर' हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। संसदीय राजनीति सुरु गरेपछि आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको उनैले दाबी गर्ने गरेका छन्। राष्ट्रिय राजनीतिमा जसरी उनी अपरिहार्य र बलिया नेता देखिन्छन्, उनको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं. ३ मा भने उनको दल कमजोर छ।

मंसिर ४ मा हुँदै गरेको निर्वाचनमा प्रचण्ड मुख्य रुपमा कांग्रेससँगको तालमेलबाट निर्वाचित बन्ने प्रयत्नमा छन्। एमालेको उम्मेदवार भने प्रष्ट भइसकेको छैन। त्यहाँ २०७४ मा प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेलाई नै एमाले प्रवेश गराएर उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन पनि भएको थियो। अर्कोतिर, केहीअघि प्रचण्डकै पूर्वसहयात्री रामबहादुर थापा बादलले पनि आफू प्रचण्डको प्रतिस्पर्धी बन्ने सम्भावना औंल्याएका थिए। एमालेबाट जो उठे पनि ऊ प्रचण्डलाई कडा चुनौती दिनसक्ने व्यक्ति नै हुनेमा दुई मत छैन। अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको बिग्रिएको सम्बन्धले पनि त्यो परिस्थितिको आकलन गर्न सकिन्छ।

अब लागौँ, चितवन ३ को वस्तुस्थितितिर।

चितवन-३ अन्तर्गत भरतपुर महानगरपालिकाका वडाहरु ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। यसरी सो क्षेत्रमा २८ वटा वडाहरू रहेका छन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्रका एउटा वडाको अध्यक्ष जितेका थिए।

वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५, ०३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहमा सत्ता गठबन्धन दलहरुले त्यहाँ वडास्तरमै तालमेल गरेका थिए। त्यसैले सम्बन्धित पार्टीले पाएको देखिएको मत र त्यहाँ सो पार्टीका मतदातामा केही अन्तर पर्न सक्छ। तर, सहजै देखिने दृश्यचाहिँ माओवादी केन्द्रको जनाधार कमजोर छ भन्ने हो। त्यसैले प्रचण्डले आफ्नो जितका लागि गठबन्धनका दलहरु र त्यसमा पनि कांग्रेसका मतदातासँग भर गर्नुपर्ने हुन्छ।

चितवन-३ लाई २०७४ को स्थानीय तहको निर्वाचनको 'फ्रेम' मा पनि हेर्नु वाञ्छनीय हुन्छ। त्यतिबेला पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। त्यतिबेला चितवन-३ अन्तर्गत पर्ने वडाहरुमा कांग्रेस-एमालेले समान ११ वटा वडाको अध्यक्ष जितेका थिए। माओवादी केन्द्रले ६ वटा वडाध्यक्ष जितेको थियो। त्यतिबेला वडास्तरमा भने गठबन्धन थिएन।

त्यतिबेला वडा अध्यक्षले पाएको एकीकृत मतमा कांग्रेस अगाडि थियो। त्यतिबेला कांग्रेसले २६ हजार ९२३, एमालेले २४ हजार ४९४, माओवादी केन्द्रले १८ हजार १०४, राप्रपाले ८ हजार ३४२ र अन्य पार्टी तथा स्वतन्त्रले जम्मा ४५४ मत ल्याएका थिए।

स्थानीय तहको निर्वाचनको केही महिनापछि नै भएको संसदीय निर्वाचनमा प्रचण्डले ४८ हजार २७६ मत पाएका थिए। उनलाई एमालेको साथ थियो। कांग्रेसको साथ पाएका राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले ३८ हजार ९३५ मत मात्रै पाएका थिए। दुई ठूला तालमेलका बीचमा अन्य दलको उपस्थिति कमजोर बनेको थियो। त्यतिबेला प्रचण्डलाई एमाले र माओवादी केन्द्रका अतिरिक्त अन्य पार्टीका मतदाताको पनि मत खसेको उल्लेखित तथ्यांकबाट देखिन्छ।

२०७४ र २०७९ को संसदीय निर्वाचनमा चितवन ३ को तालमेल फेरिएको छ। हिजो प्रचण्डको सहयोगी एमाले थियो। अब कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुले सहयोग गर्दैछन्।

२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा चितवन ३ अन्तर्गतका वडामा माओवादी कमजोर देखिन्छ। तर, जब प्रचण्ड जस्ता शक्तिशाली नेता नै उम्मेदवार बन्छन्, त्यतिबेला सामान्य गणितहरुले सम्भावित नतिजालाई प्रष्ट पार्न सक्दैनन्। त्यो २०७४ को आम निर्वाचनले पुष्टि गरिसकेको छ।

प्रचण्डको व्यक्तिगत प्रभाव, निर्वाचनपछि पनि सो क्षेत्रमा आउने बजेट, चर्चामा आइरहने अन्य विषयलाई मतदाताले परीक्षण गर्नेछन्। त्यसको स्पष्ट संकेत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रचण्डकी पुत्री रेणु दाहालको जितले देखाइसकेको छ। उनी कमजोर छिन् भन्ने आकलनविपरीत उनले ठूलो अन्तरले जित निकालेकी थिइन्। उनलाई एमालेकै पनि प्रशस्त मत खसेको चर्चा अझै छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २०:३३
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्