जुरिच- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले चार विधाको अवार्डको लागि प्रारम्भिक मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ। आगामी सेप्टेम्बरमा हुने अवार्डका लागि उत्कृष्ट पुरुष र महिला खेलाडी तथा उत्कृष्ट पुरुष र महिला प्रशिक्षकको नाम सार्वजनिक गरेको हो।
२०१८ फिफा विश्वकप तथा सिजनमा गरेको प्रदर्शनको आधारमा मनोनयन सार्वजनिक गरिएको हो।
उत्कृष्ट पुरुष खेलाडी : क्रिस्टियानो रोनाल्डो (पोर्चुगल /रियल म्याड्रिड/युभेन्ट्स), केभिन डे ब्रुइन ( बेल्जियम/म्यानचेस्टर सिटी), एन्टोनी ग्रिजम्यान (फ्रान्स /एट्लेटिको म्याड्रिड), इडिन हजार्ड (बेल्जियम /चेल्सी), ह्यारी केन ( इंल्यान्ड/टोटनह्याम), केलियन एमबाप्पे (फ्रान्स /पिएसजी), लियोनल मेसी (अर्जेन्टिना /बार्सिलोना), लुका मोर्ड्रिक (क्रोएसिया / रियल म्याड्रिड), मोमहद सलाह (इजिप्ट /लिभरपुल), राफाइल भारेन (फ्रान्स /रियल म्याड्रिड)
उत्कृष्ट महिला खेलाडी : लुसी ब्रोन्ज (इंग्ल्यान्ड / ओलम्पिक लियोनाइ), पेर्निल होर्डर (डेनमार्क /वुल्भ्सवर्ग), अदा हेगेर्वर्ग ( नर्वे/ ओलम्पिक लियोनाइ), एमादिन हेनरी (फ्रान्स / ओलम्पिक लियोनाइ), समन्था केर ( अस्ट्रेलिया/स्काय ब्लु/पर्थ ग्लोरी/सिकागो रेड), साकी कुमागाइ ( जापान/ओलम्पिक लियोनाइ), डिज्सेन्फेर मोराज्सान ( जर्मनी/ओलम्पिक लियोनाइ), मार्ता ( ब्राजिल/ओलान्डो प्राइड), मेगन रापिनोइ ( अमेरिका/सिएटल रिजन), विन्डी रेनाल्ड ( फ्रान्स/ओलम्पिक लियोनाइ)
उत्कृष्ट पुरुष प्रशिक्षक : मासिमिलियानो एलिग्री ( इटाली/युभेन्ट्स), स्टनिस्लभ चेर्चेसोभ ( रसिया राष्ट्रिय टिम), जेटलाट्को डालिक ( क्रोएसिया राष्ट्रिय टिम), डिडियर डेस्चाम्स ( फ्रान्स राष्ट्रिय टिम), पेप ग्वार्डिओला ( स्पेन/म्यानचेस्टर सिटी), जुर्गेन क्लोप ( जर्मनी/लिभरपुल), रोबार्टो मार्टिनेज ( स्पेन/बेल्जियम राष्ट्रिय टिम), डिएगो सिमोन्स ( अर्जेन्टिना/एट्लेटिको म्याड्रिड), गारेथ साउदगेट ( इंग्ल्यान्ड राष्ट्रिय टिम), इर्नेस्टो भाल्भार्डे ( स्पेन/बार्सिलोना), जिनेदिन जिदान (फ्रान्स/रियल म्याड्रिड)
उत्कृष्ट महिला प्रशिक्षक : इमा हाएस ( इंग्ल्यान्ड/चेल्सी महिला टिम), स्टेफन लेर्च ( जर्मनी/वुल्फसवर्ग), मार्क पार्सन्स (इंग्ल्यान्ड/पोर्टल्यान्ड थोन्स), रेनान्ड पेर्डोस ( फ्रान्स/ओलम्पिक लियोनाइ), एलेन स्टाजकिक ( अस्ट्रेलिय राष्ट्रिय महिला टिम), असाको ताकाकार ( जापान राष्ट्रिय महिला टिम), भाडाओ ( ब्राजिल राष्ट्रिय महिला), जोर्गे भिल्डा ( स्पेन राष्ट्रिय महिला टिम), मार्टिना भोस टेक्लेनवर्ग ( जर्मनी/स्विट्जरल्यान्ड राष्ट्रिय महिला टिम), सारिना विग्म्यान (नेदरल्यान्ड्स राष्ट्रिय महिला टिम)
फिफाले पहिलो चरणको मनोनयनमा परेका मध्येबाट ३ जनालाई अन्तिम मनोनयनमा राख्नेछ। अन्तिम मनोनयन सेप्टेम्बरको सुरुवातमा घोषणा गरिनेछ। पहिलो चरणको मनोनयनमा परेकालाई फिफाको आधिकारिक वेभ पोर्टलमा गएर समर्थकले समेत भोट गर्न पाउनेछन्।
उत्कृष्ट अवार्ड चार किसिमको भोटको आधारमा घोषणा गरिनेछ।
१ विश्वभरका राष्ट्रिय टिमका कप्तान दिएको भोटले २५ प्रतिशत हिस्सा ओगट्नेछ
२ विश्वभरका राष्ट्रिय टिमका प्रशिक्षकको भोटले २५ प्रतिशत निर्णय गर्नेछ
३ फिफा डट कममा आएको जनताको भोटको २५ प्रतिशत हिस्सा हुनेछ
४ विश्वभरबाट छानिएका २ सय पत्रकारको भोटले २५ प्रतिशतले निर्णय गर्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।