काठमाडौं– पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू र म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चा झुट रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
समर्थक लेन्दारियोले आफ्नो इन्स्टाग्राममा एकाउन्टमा एटलेटिको मड्रिडले रोनाल्डोलाई अनुबन्ध गर्न चाहे पनि समर्थकको विरोधका कारण क्लब अघि नबढेको लेखेका थिए।
क्लबले उनलाई आर्थिक कारण पनि अनुबन्ध गर्न नसक्ने उनको तर्क छ। लेन्दारियोले युनाइटेड रोनाल्डोको लागि ठिक क्लब नरहेको र चाँडै छोडेको हेर्ने रहर रहेको बताएका छन्। यसबाहेक समाचारमाध्यमहरुले रोनाल्डोको नाममा झुट लेखेको पनि उल्लेख गरिएको छ।
रोनाल्डोले उक्त पोस्टमा कमेन्ट गर्दै सञ्चारमाध्यमहरुले झुट बोलेको बताएका छन्। रोनाल्डोले केही सातामा अन्तर्वार्तामार्फत् सबै कुरा प्रष्ट पार्ने जनाएका छन्। उनले पछिल्लो महिना १ सय समाचारमा ५ मात्र सत्य रहेको पनि बताए।
‘पछिल्लो समय मेरो भविष्यका बारेमा सयौं समाचारहरु सार्वजनिक भए। तर, ती समाचारमा आएका कुनै पनि कुरा सत्य छैन,’ रोनाल्डोले भने, ‘म केही दिनमै मेरो युनाइटेड भविष्यको बारेमा स्पष्ट पार्नेछु ।’
च्याम्पियन्स लिग खेल्न चाहने रोनाल्डोको इच्छा रहेकाले क्लब छाड्ने सम्भावना बलियो छ। यता, नयाँ प्रशिक्षकको आगमनपछि रोनाल्डो थप असन्तुष्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।